तोलाकान्त बगाले
वालिङ, २२ बैशाख ।
स्याङ्जाको वालिङ ८ खेलमैदानमा जारी महायज्ञको पाँचौं दिन शर्मा परिवारद्वारा दान स्वरुप सत्र लाख रुपैयाँ उपलब्ध गराउनु भएको छ ।
स्याङ्जाको वालिङ ८ काफलडाँडा घर भई हाल काठमाडौंमा बस्दै आउनुभएका वरिष्ठ समाजसेवी सफल उद्यमी डोलराज शर्मा पंगेनी र उहाँको परिवारले सत्र लाख उपलब्ध गराउनुभएको हो ।
आईतबार महायज्ञस्थलमा उपस्थित हुनुभएका उद्यमी शर्माले पवित्र उद्देश्य राखेर थालिएको महान तथा पूण्य कार्यमा आँफूले सकेको सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । गह«ौं कालिका माताको आशिर्वाद तथा खुसी मनले गरेको सहयोगलाई आयोजकले पनि खुसीकासाथ ग्रहण गरिदिनुहुन अनुरोध गर्दै आगामी दिनमा पनि थप सहयोगहरु गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।
“धन भएरमात्रै पनि हुँदैन सहयोग तथा दान पूण्य गर्नकालागि मन पनि चाहिन्छ” उहाँले भन्नुभयो, “पवित्र तथा पूण्य कार्यकालागि थालिएको महायज्ञमा जसले जति जति सक्छौं त्यति त्यति दान गरौं, महान कार्यलाई सफल बनाऔं ।”
सरकार बजेट निर्माण गर्ने चरणमा रहेकाले यस ठाउँको विकासकालागि आँफूले सरकारमा सहभागी मन्त्रीहरु तथा मन्त्रालयहरुमा आवश्यक समन्वयको भूमिका निर्वाह गर्दै अगाडि बढ्ने बताउनुभयो ।

महायज्ञको पाँचौं दिन आईततबारसम्म आईपुग्दा झण्डै एक करोड दान रकम सङ्कलन भएको छ ।
केदारनाथ मन्दिर महायज्ञ मुल समारोह समितिले आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल श्रृंगारिक आरति महायज्ञमा स्वतःफूर्त दान दिनको संख्या बढ्दै गएको हो ।
वालिङ ८ को वालिङ बजार नजिकै सिद्धार्थ राजमार्गको किनारामै अवस्थित रहेकाले सडक विस्तार गर्दा मन्दिर स्थानान्तरण वा संरक्षण गर्नुपर्ने समस्याकारुपमा देखिएको छ । मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने, तीर्थयात्रीकालागि आवासको ब्यवस्था गर्ने, संस्कृत भाषा अनुसन्धान केन्द्र ९गुरुकूलम्० सञ्चालन गर्ने, किरियापुत्री भवन निर्माण गर्ने, अन्न क्षेत्र स्थापना गर्ने र आर्थिक संकट मोचनकालागि सवा करोड हवन कार्य चलिरहेको छ । महायज्ञमा भागवतालंकार पण्डित नेत्रप्रसाद पराजुलीले संगीतमय शैलीमा कथा प्रवचन गरिरहनुभएको छ ।
केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सहआयोजनामा बैशाख १७ गतेबाट सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुने भएको हो ।






