वालिङ, १७ वैशाख ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिकाको बाँच्नपाउने हक, संरक्षणको हक, बहुआयमिक क्षेत्रको विकास र संरक्षणको अधिकार सुनिश्चिताको लागि अभिमुखीकरण तथा संयुक्त अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बाल अधिकार समिति स्याङ्जा र जिल्ला बाल सञ्जाल स्याङ्जाका पदाधिकारी र सदस्यहरुलाई अभिमुखिकरण र संयुक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले अझैपनि बालबालिका आधारभूत आवश्यकताबाट समेत बञ्चित हुन परेको बताउदै राज्यले बालबालिका लक्षित विषेश कार्यक्रमहरु ल्याउँदै बालमैत्री शासन घोषणा र त्यसको प्रभावकारी ढंगबाट कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागिहरुले बालबालिका कुनै न कुनै प्रकारको शारिरीक हिंसा, बाल श्रम , विद्यालयबाट बञ्चित हुन परेको , पोषिलो खानाबाट बञ्चित भएको, बालिकाहरु भु्रणमै हत्या भएको जस्ता विषयमा गम्भिर हुनु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रम बारे प्रकाश पार्दै सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवद्र्धन र परिपूर्ति गर्दै तिनीहरुको शारीरिक, मानसिक, संवेगात्मक, बौद्धिक, सामाजिक एवम् भावनात्मक विकासकामा जिल्ला बालअधिकार समिति आगामी दिनमा सिर्जनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय बालपरिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्लेले सहजिकरण गर्नुभएको थियो ।
जिल्ला बालअधिकार समिति स्याङ्जाका अध्यक्ष विज्ञान भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख पौडेलले स्वागत र सञ्चालन कार्यालयका सहायक प्रशासकिय अधिकृत द्रोण प्रसाद पनेरुले गर्नुभएको थियो ।