अनाथ आश्रम तथा अन्न क्षेत्र निर्माणकालागि चालिसेमा प्रथम महायज्ञ हुने

0
283
Google search engine

आरती कुँवर
वालिङ, १६ वैशाख ।
स्याङ्जाको वालिङ १४ चालिसेमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । कालिका आध्यात्मिक प्रतिष्ठानको आयोजनामा राष्ट्रशान्तिकालागि यही वैशाख २४ देखि ३० गतेसम्म महायज्ञ हुने भएको हो । कालिका आध्यात्मिक प्रतिष्ठानको धाम निर्माण, अनाथ आश्रम निर्माण एवम् अन्न क्षेत्र निर्माण गर्ने मुख्य उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पण्डित प्रकाश तिवारीले बताउनुभयो । समाजमा रहेका वृद्धवृद्धा, असक्त तथा अनाथलाई सहयोग गर्ने लगायत कार्य गर्ने उद्देश्य समेत राखिएको अध्यक्ष तिवारीको भनाई छ ।

Google search engine

वैद्धिक सनातन धर्म रक्षार्थ १०८ मध्येको प्रथम श्रीमद्भागवत सप्ताह, तण्डुलाचल ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती २०८२ हुने भएको हो । एक हप्तासम्म सञ्चालन हुने महायज्ञको सहआयोजकमा वालिङ नगरपालिका कार्यालय र १४ नं. वडा कार्यालयको संयोजनमा महायज्ञको तयारी भईरहेको प्रतिष्ठानका अध्यक्ष तिवारीले बताउनुभयो ।
दैनिक बिहान ७ बजेदेखि १२ बजेसम्म पूजा, पाठ पारायण, शिव भगवानलाई पञ्चामृतद्वारा अभिषेक, गौ पुजन तथा कन्या पुजन, पञ्चदेवताको पूजा आरधना साथै राधाकृष्णको पूजा अर्चना, १००८ शालिग्राम शिला पूजा अर्चना, पशुपतिनाथ मन्दिरमा जस्तै आरती, सन्ध्याकालिन लक्ष्यवर्ति दीप प्रज्वलन, १०८ शिवलिङ्ग स्थापना, १ हजार ८ शालिग्राम भगवानको पूजा आराधना गर्ने लगायतका कार्यक्रमहरु रहने उहाँले जानकारी दिनुभयो । यस्तै भजन गायकहरुको समेत प्रस्तुति रहने छ ।
महायज्ञमा प्रतिष्ठानका अध्यक्ष पण्डित प्रकाश तिवारी प्रमुख कथा वाचक, पण्डित हरि गैह«े उप वाचक तथा पण्डित प्रकाश डुम्रेले पाठ पारायण गर्नुहुनेछ । नेपालको मौलिक धर्म, संस्कृति, परम्परा, वैदिक शास्त्र, मठमन्दिर, नदीघाट लगायत पूजापाठका विधि विधान प्रचलित ज्ञानविज्ञानका विषयहरुको विकासमा क्रियाशील हुने ध्येयले कालिका आध्यात्मिक प्रतिष्ठानको स्थापना गरिएको हो ।

Google search engine