नवप्रभात युवा क्लबद्धारा आयोजित मौरीपालनसम्बन्धी सात दिने तालिम सम्पन्न

0
249
Google search engine

वालिङ, २३ चैत ।
स्याङ्जाको वालिङ ८ स्थित श्रवणकुमार पार्कमा मौरीपालनसम्बन्धी सात दिने तालिम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको आयोजना र नवप्रभात युवाक्लबको ब्यवस्थापनमा गत आईतबारबाट सुरु भएको एक हप्ते तालिमको समापन शनिबार वालिङ नगरप्रमुख कृष्ण खांणले गर्नुभएको हो । तालिमको समापन गर्दै नगरप्रमुख खांणले भौतिक पुर्वाधार मात्रै विकास नभई नागरिकको चेतना र आर्थिक वृद्धिदर पनि विकास भएको बताउनुभयो । साथै प्रमुख खांणले पालिकाले आगामी दिनमा कृषिलाई अझ प्राथामिकतामा राखेर बजेट विनियोजनमा वृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले तालिमबाट सिकेका सीपलाई दैनिक ब्यवहारमा प्रयोग गरी आम्दानीसित जोडिएमात्रै तालिमको उपयोगिता झल्किने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सरस्वति बगाले, वडा सदस्य कविता परियार, प्रशिक्षक शोभाचन्द्र रेग्मी, ब्यवस्थापकीय भूमिकामा रहेको क्लबकोतर्फबाट तथा सहभागि तोलाकान्त बगालेलगायतले तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

Google search engine


तालिममा ढाबखोला र बिपीचोक टोल विकास संस्थाका २० जना कृषकहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार र प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा स्वागत कार्यालयका कम्प्युटर अपरेटर कृष्ण लम्साल र संचालन कार्यालयका अधिकृत खुमलाल ढकालले गर्नुभएको थियो ।

Google search engine