वालिङ, २० चैत ।
स्याङ्जाको वालिङमा बुधबार ६८ औं राष्ट्रिय सहकारी दिवस मनाईएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङ शाखाको आयोजनामा वालिङ, भीरकोट, कालीगण्डकी लगायतका स्थानीय तहमा रहेका सहकारी विभिन्न प्रकृतिका सहकारीहरुले वालिङमा सामूहिकरुपमा सहकारी दिवस मनाएका हुन् ।
वालिङस्थित उपकार वचत तथा ऋण सहकारी संस्थाबाट प्रभातफेरि सुरु गरी भकुण्डे, भुम्रे, तल्लो वालिङ हुँदै पतञ्जली योग पीठमा आएर शुभकामना आदान प्रदान गरी मनाईएको हो । वालिङ शाखा अन्तर्गत आवद्ध सहकारी संघसंस्थाहरुको उपस्थितिमा निकालिएको ¥यालीमा ३५ भन्दा बढी सहकारीहरुको ५ सय जनाभन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
‘मर्यादित सहकारी ः समुन्नत समाज’ भन्ने नारासहित आयोजना गरिएको सहकारी दिवसमा नेफ्सकुन प्रदेश सदस्य विद्या श्रेष्ठ, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष पुण्यप्रसाद अर्याल, जिल्ला सहकारी संघ स्याङ्जाका सदस्य उमेश दर्लामी, उपकार वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाल, उपकार वचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष भरतप्रसाद बगाले, ऋद्धिसिद्धी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, फूलबारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शोभाकान्त पौडेल, रामबाच्छा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवेदार पोलसिंह गुरुङ, वालिङ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद अर्याल, मेरो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश अर्याल, हिमाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम पराजुली, राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङका प्रमुख रोशन पौडेल, उपकार वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष दुर्गाकुमारी न्यौपानेलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
२०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता तथा सम्मानभाव प्रकट गर्ने गरिन्छ ।