निशुल्क स्वास्थ्य शिविरबाट ९५० जना लाभान्वित

0
65
Google search engine

वालिङ, १२ चैत ।
स्याङ्जाको चापाकोटमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरबाट ९५० जनाले स्वास्थ्य सेवा लिएका छन् । निम नामक गैरसरकारी संस्थाको आयोजनामा चापाकोट ८ को बेलडाँडा आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरबाट ९५० जनाले निशुल्क उपचार पाएका निम संस्थाका अध्यक्ष शंकर गैह«ेले बताउनुभयो ।
फ्रान्सबाट आएको डा. गरुडा र स्टाफ नर्सहरुको समूह र पाटन हस्पिटलका डा. रोसना गोपालीसहितको चिकित्सकहरुको टोलीले १५ दिनसम्म शिविरमा सेवा दिएको थियो । फागुन २७ गतेदेखि सुरु भएको निशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरुको समूहले अत्याधुनिक उपकरणहरुको माध्यमबाट विरामीहरुको समस्या पत्ता लगाई औषधोपचार तथा परामर्श दिईएको उहाँले बताउनुभयो ।

Google search engine

शिविरमा अन्तरंग र बहिरंगसहित स्त्रीरोग, बाल रोग, भिडियो एक्सरे, ईसिजी, आँखासम्बन्धी उपचार साथै निशुल्क औषधि तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको चापाकोट ८ का वडा अध्यक्ष टोपलाल न्यौपानेले बताउनुभयो ।
आफ्नै घर दैलोमा विशेषज्ञहरुबाट सेवा लिन पाउँदा निक्कै खुसी लागेको वडावासीले प्रतिक्रिया दिए । “सामान्य उपचारकालागि पनि बजार जानुपर्ने बाध्यता थियो” वडा अध्यक्ष न्यौपानेले भन्नुभयो, “आफ्नै नजिकैको घरदैलोमा उपकरणसहित विशेषज्ञहरुको समूहले उपचारकासाथै निशुल्क औषधि तथा परामर्श प्रदान गरेको हो ।”
आफ्नै गाउँ ठाउँमा विशेषज्ञ स्वास्थ्यकर्मीहरुले उपलब्ध गराएको स्वास्थ्य शिविरबाट निक्कै सहज भएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । निम संस्थाले विगतमा पनि चापाकोट नगरपालिकाका विभिन्न सामुदायिक विद्यालय र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आईरहेको छ । १५ दिनसम्म सञ्चालन भएकोे उक्त शिविरमा स्याङ्जाको चापाकोट नगरपालिका, पाल्पाको रामपुर नगरपालिका र तनहुँको पश्चिमी भेग तथा नवलपुरको उत्तरी भेगका विरामीले शिविरबाट प्रत्यक्ष लाभ लिएका वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

गाउँघरमै आएर विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध गराउनाले यहाँका स्थानीयलाई सहज भएको र आगामी दिनमा पनि यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिनकालागि पालिकाकोतर्फबाट सक्दो पहल गर्ने उपप्रमुख ईशा रानाले बताउनुभयो ।

Google search engine