१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

0
25
Google search engine

वालिङ, १३ चैत ।
१३ वर्षीया बालिकालाई त्रासमा पारी जबरजस्ती करणी गर्ने युवक पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका ७ का २४ वर्षीय सुन्दर गौतम मंगलबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद पौडेलले बताउनुभयो ।
सूचना अधिकारी पौडेलका अनुसार गौतमले गत शनिबार १३ वर्षीया बालिकालाई डर त्रासमा पारेर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पीडित बालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जाहेरी दिएका थिए । पीडित पक्षकोतर्फबाट अभिभावकले दिएको जाहेरीका आधारमा प्रतिवादी गौतमलाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेका गौतमलाई जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको छ । स्याङ्जा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

Google search engine
Google search engine