वालिङ, १० चैत ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा भीरकोट नगरपालिकाको समन्वयमा भीरकोटमा सकरात्मक सोँच तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । भीरकोट नगरपालिकाको सिटी हलमा आयोजित कार्यक्रमको उद्दघाटन गण्डकी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सांसद सरस्वती अर्याल तिवारीले गर्नुभएको हो ।
कार्यक्रमको उद्दघाटन गर्दै पुर्व मन्त्री तिवारीले जिवनलाई सरल तथा सहज बनाउने एक महत्वपुर्ण पक्ष सकरात्मक सोँच भएको भन्दै सकरात्मक सोँचले व्यक्तिलाई स्वस्थ र दिर्घजीवन दिने बताउनुभयो । साथै मन्त्रालय सम्हाल्दाका बेला होस र मन्त्रालय बाहिर रहँदा होस स्याङ्जाको विकासका लागी संसदमा आवाज बुलन्द बनाउने कार्य गर्दै आएको बताउनुभयो ।
महिलाहरु समाजको नेतृत्व लिन सकरात्मक सोच सहित बहुआयामिक क्षेत्रको क्षमता विकास गरी अगाडि बढ्नुपर्ने बताउँदै परिवारमा सुख र शान्त वातावरण सृजना गर्न तथा आफ्ना समस्याहरु अभिभावक र अग्रजलाई बताएर सहज ढंगबाट समस्याको समाधान गर्नु पर्ने बताउनुभयो ।
भिरकोट नगरपालिका नगरप्रमुख गोविन्द कुमार कर्मचार्यले मानिसको जीवनमा दुख र सुख एक खालको प्रक्रिया रहेको भन्दै दुखमा नआत्तिएर सुखमा नमात्तिएर सफलता प्राप्ति गर्न सकिने बताउनुभयो । साथै भिरकोट नगरपालिका उपप्रमुख भगवती रेग्मी अर्यालले सकरात्मक सोचले व्यक्तिमा आत्मविश्वास, उत्साह सँगै व्यक्ति कठिन परिस्थितिमा पनि सहजता र सकारात्मकता राख्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष र भीरकोटका महिला जनप्रतिनिधि सदस्य, महिला संवयमसेविका तथा आमा समूहका प्रतिनिधि को उपस्थिति थियो । कार्यक्रम सामाजिक विकास कार्यलयका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विष्णुमाया काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने कला सम्बन्धी पत्रकार भवनी अधिकारी, सकरात्मक सोँच सम्बन्धी सञ्चारकर्मी मधु अधिकारी, आत्महत्या निरुत्साहित तथा सचेतना सम्बन्धी प्रहरी निरिक्षक प्रवेश तिवारी, सकरात्मक सोँच सम्बन्धी मनोपरामर्शदाता विजय राईले प्रशिक्षण दिनुभएको थियो ।