वालिङ, ३ चैत ।
गल्याङ नगपालिकाले प्रथम पिङ्क सिटि महोत्सव कप–२०८१ पुरुष भलिबलको उपाधि चुमेको छ । वालिङ चेम्बर अफ कमर्सले आयोजना गरेको प्रथम पिंक सिटि महोत्सव – २०८१ पालिका स्तरीय पुरुष भलिबलमा आइतबारको फाइनल खेलमा बिरुवा गाउँपालिकालाई गल्याङ नगरपालिकाले ३–२ को सेटमा २५–२०, २५–२१ र २१–२५, २१–२५, १७–२५, १५–९, अंकले जित्दै पहिलो पटकमै उपाधि चुमेको हो । उपाधि जितेको गल्याङले एक लाख ५५ हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेतमा सिमीत बिरुवाले एक लाख पाँच हजार रुपियाँ सहित मेडल र प्रमाणपत्रले चित्त बुझाएको हो । गल्याङले बिरुवालाई पराजित गर्दै लिग चरणको बदला समेत लिएको हो ।
छ वटा पालिका रहेको प्रतियोगिताको तेस्रो स्थान शसस्त्रका तीन खेलाडि लिएर मैदानमा उत्रेको भीरकोट बनेको हो । राष्ट्रिय खेलाडी धन बहादुर भट्ट् सम्मिलित वालिङलाई भीरकोटले ३–१ को सेटमा पराजित गरेको संयोजक उमराज गुरुङ(राज)ले जानकारी दिनुभयो । तेस्रो भएको भीरकोटले ५५ हजार नगद प्राप्त गर्दा वालिङले ३० हजार पाएको हो ।प्रतियोगितामा वालिङ, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र कालीगण्डकी र विरुवा गाउँपालिका सहित छ पालिकाको सहभागिता रहेको थियो । खेलमा विदागत रुपमा उत्कृष्ट खेलाडी गल्याङका उमेश सेन्चुरी बन्दै पाँच हजार कप पाउनुभयो । यस्तै उत्कृष्ट सेटर गल्याङका सुपेन्द्र परियार, बिरुवका दुर्गा महतो, सर्भर बिष्णु बस्नेत, र बलकर बिरुवाका याम क्षेत्री, स्पाइकर वालिङका धन बहादुर भट्ट, डिफेन्डर भीरकोटका जीत बहादुर सार्की हुदै तीन तीन हजार र कप प्राप्त गर्नुभयो ।