वालिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्रेष्ठ

0
222
Google search engine

आरती कुँवर
वालिङ, ६ चैत ।
स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निरज श्रेष्ठ निर्वाचित हुनुभएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्रेष्ठ ३७७ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी अनेरास्ववियुका विष्णु पंगेनी निश्चलले ३४२ मत ल्याउनुभएको छ । यस्तै सचिवमा अनेरास्ववियुका उम्मेदवार विना रेग्मी ३६६ मत सहित विजयी हुनुभएको छ भने उहाँको प्रतिष्पर्धी नेविसंघकी ममता रेग्मीले ३४२ मत ल्याउनुभएको छ । यस्तै कोषाध्यक्षमा नेविसंघका विवेक कुँवर ४०६ मत सहित विजयी हुनुभएको छ भने उहाँको प्रतिष्पर्धी भुम बहादुर रानाले २ सय ९२ मत ल्याउनुभएको छ ।

Google search engine

यस्तै प्रत्यक्षतर्फ सदस्यहरुमा नेविसंघका उम्मेदवारहरु विजयी भएका छन् । सदस्यहरुमा पुजा कोइरालाले ४०३, नम्रता पौडेलले ३९५, पवित्रा विक ले ३९८, प्रवेश पौडेलले ४२२, दिपा कुमारी आलेले ३९३ र याम प्रसाद पंगेनीले ४२४ मत ल्याएर विजयी हुनुभएको हो । सदस्यमा अनेरास्ववियुका कविता रानाले ३सय ३, सफल लुईटलले ३१८, भौम प्रसाद डुम्रेले २९९, अमन परियारले २८१, सुरक्षा खत्रिले ३ सय ४ र स्नेहा एस.के ले २७८ मत प्राप्त गर्नुभएको छ । वालिङ बहुमुखी क्याम्पसमा कुल ९ सय ९४ मतदाता रहेकामा ७२८ मत खसेको थियो ।

उता स्याङ्जाको पुतलीबजार नगरपालिका – १ मा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ । मंगलबार सम्पन्न मतगणनामा नेविसंघका देवदत्त सुवेदी (गोपी)सहित नेविसंघको प्यानल नै निर्वाचित भएको हो ।
स्ववियु सभापतिमा नेविसंघका सुवेदी निर्वाचित भएका हुन् । सुवेदीले ३०९ मत र अनेरास्ववियुकी बिपना सुनामले ८० मत प्राप्त प्राप्त गर्नुभएको छ ।

त्यस्तै, सचिवमा नेविसंघकै असिम भण्डारी २९१ मत र कोषाध्यक्षमा समिक्षा मरासिनी ३०६ मतका साथ निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका समुन्द्र शर्माले ९४ मत र कोषाध्यक्षमा मनोज कुमार नेपालीले ८० मत ल्याउनुभएको छ ।

प्रत्यक्षतर्फ सदस्यमा नेविसंघका शक्ति नेपाली ३०१ मत, इमत्याज मियाँ(बेलाल) २९४ मत, बिन्दु सुनार २९३ मग, सोफिया जिटी २९१ मत र रीतु कार्की २९० मतका साथ निर्वाचित भएका हुन् । सदस्यमा अनेरास्ववियुका लेविस्का गुरुङले ९६ मत, स्नेहा सेनले ८० मत, सोनिया थापाले ८५ मत र सोनिया गुरुङले ८६ मत प्राप्त गर्नुभएको हो ।

स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघ दुवै आफ्नो प्यानलसहित निर्वाचनमा उत्रेको थियो । निर्वाचन समितिका अनुसार त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा ५३४ मतदाता रहेकोमा ३९३ मत खसेको थियो ।

Google search engine