लियो जिल्ला परिषद ३२५ एमको उपाध्यक्षमा खाँणको उम्मेदवारी दर्ता

0
641
Google search engine

वालिङ, २० फागुन ।
लियो जिल्ला परिषद ३२५ एम नेपालको तेस्रो वार्षिक जिल्ला अधिवेशनकालागि स्याङ्जाका दिक्षान्तप्रताप खाँणले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ । आगामी चैत ९ गते पोखरामा हुने तेस्रो जिल्ला परिषदकालागि स्याङ्जाका खाँणले पोखरास्थित निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
लियो क्लब अफ वालिङ सिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका खाँणले विभिन्न संघ संस्थाहरुमा सफलतापूर्वक कार्य सम्पादन गरेको अनुभव लिनुभएको छ । खाँणले लियो जिल्ला परिषदमा रहेर जिल्ला जनसम्पर्क अधिकृत, जिल्ला सचिव, प्रमुख जिल्ला सल्लाहकारजस्ता पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निभाउनुभएको छ । लियो जिल्ला परिषद ३२५ एम नेपालको पोखरामा चैत ९ गते हुने तेस्रो वार्षिक जिल्ला अधिवेशनमा लायन वर्ष २०२५÷२६ कालागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएका खाँणले आफ्ना कार्ययोजनासहित तयारीलाई तिव्रता दिनुभएको छ ।

Google search engine

खाँणको उम्मेदवारी दर्तासँगै जिल्ला परिषदमा लियोका लिडरहरु थप उत्साहित भएका छन् । हक्की, निडर, प्रखर र स्पष्ट वक्ताकारुपमा परिचित खाँणले लियो क्लब अफ वालिङ सिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा तत्कालीन लियो जिल्ला परिषद ३२५ बि वान नेपालकै महत्वपूर्ण अवार्ड ‘लियो अफ दि एयर’ बाट सम्मानित हुनुभएको थियो ।

Google search engine