पिंक सिटी महोत्सवको उद्घाटन उद्योग, वाणिज्य मन्त्री भण्डारीले गर्ने

0
164
Google search engine

आरती कुँवर
वालिङ, २० फागुन ।
प्रथम पिंक सिटी महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नुहुने भएको छ । वालिङ चेम्बर अफ कमर्शको आयोजनामा भोलि देखी शुरु हुने महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले गर्ने तय भएको चेम्बर अफ कमर्शका महासचिव तथा महोत्सव प्रचारप्रसार समिति संयोजक गणेश राउतले जानकारी दिनुभयो । भोलि देखि शुरु हुने महोत्सवको लागि प्रचारप्रसारका कार्यहरु लगायत विभिन्न समिति तथा उपसमिति गठन गरि महोत्सवको तयारी पुरा भएको उहाँले जानकारी दिनुभयो ।

Google search engine


महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरिनेछन् । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, नृत्य प्रतियोगितालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत हुनेछन् ।
महोत्सवमा २५० स्टल छन् । महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान गरेको छ । महोत्सव चैत्र ३ गते समापन हुनेछ ।

Google search engine