बालशिक्षा निकेतन आधारभुत विद्यालयको ६४औँ वार्षिकोत्सव

0
43
Google search engine


वालिङ, १५ माघ ।
गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले जनप्रतिधि शासक नभई सेवक भएकाले हरदम नागरिकको सेवामा जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ११ मा रहेको बालशिक्षा निकेतन आधारभुत विद्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित जिल्लास्तरीय हाँजिरिजवाफ प्रतियोगितालाई सम्बोधन गर्दै सांसद तिवारीले यस्तो बताउनुभएको हो । हरेक बालबालिका शिक्षाको पहुँचमा हुनु शिक्षाको उज्यालोबाट कोहि पनि वञ्चित नहुनु यो प्रजातन्त्र, लोकतन्त्रको सुन्दर पक्ष रहेको उहाँले बताउनुभयो । साथै उहाँले संघिय व्यवस्थापछि ३ तहको सरकार निर्माण पश्चात मावि तहसम्मको विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्नु, समग्र विद्यालयको विकास गर्नु स्थानीय तहलाई अवसरसंगै चुनौती पनि उत्तिकै रहेको बताउनुभयो । बालशिक्षा आविले जिल्लास्तरीय हाँजिरिजवाफ प्रतियोगिताको आयोजना गरेर बालबालिकाहरुको व्यक्तित्वसंगै नेतृत्व विकासका लागी टेवा पु¥याएको बताउँदै विद्यालयको कार्य अनुकरणीय रहेको बताउनुभयो । जिल्लाभरीका आधारभुत तह कक्षा १ देखि ८ सम्मको हाजिरी जवाफ प्रतियोगितामा दि एक्सीलेन्ट बोर्डिङ स्कूल वालिङ प्रथम, साईनभिलेज इन्टरनेशनल एकेडेमी द्धितिय र उपल्लो पेखु मावि तृतिय भएको छ ।

Google search engine

त्यस्तै अर्मादी बोर्डिङ स्कुलले सान्त्वना स्थान हात पारेको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यालयले ६ हजार, ४५ सय, ३ हजार २१ सय नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा वालिङ नगरपालिका शिक्षा साखाप्रमुख ख्यामनारायण काफ्ले, शिक्षकहरुको तर्फबाट महेश रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य सरस्वति पंगेनी र सञ्चालन शिव न्यौपानेले गर्नुभएको थियो । प्रतियोगितामा १९ विद्यालयले भाग लिएका थिए ।

Google search engine