वालिङ जेसीज वर्ष २०२५ को अध्यक्षमा कँडेल

0
17
Google search engine

वालिङ, १६ माघ ।
वालिङ जेसीजको अध्यक्षमा सन्दीप कँडेल निर्वाचित हुनुभएको छ । बुधबार वालिङमा आयोजित २१ औ पदस्थापन कार्यक्रमबाट कंडेल वर्ष २०२५को अध्यक्षमा निर्वाचित हुनुभएको हो । जसको कार्यकारिणी उपाध्यक्षमा विदुर कोइराला र युधिष्ठिर गैह्रे निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा सन्तोष रेग्मी, श्रीराम लम्साल, विष्णु पंगेनी र रेशम रेग्मी निर्वाचित हुनुभएको हो ।

Google search engine

कार्यक्रमको उद्दघाटन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले जेसिज विशुद्ध सामाजिक संस्था भएकाले यसले व्यत्तित्व विकास गरी थप शसक्त ढंगबाट अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो । जेसिजले यहाँका जुझारु युवाहरुलाई विभिन्न नेतृत्वदायी भुमिकामा पु¥याएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वालिङ जेसीजका मानार्थ सदस्य दिलीप प्रताप खाँण गरिमा विकास वैंकको अध्यक्षमा निर्वाचित भएकोमा तथा जेसीज वर्ष २०२५ को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकोमा वालिङ जेसीजका पूर्व अध्यक्ष मणि प्रसाद अर्याललाई सम्मान गरिएको थियो । त्यस्तै जेसिज अफ द इयर वर्ष २०२४ बाट सुर्यप्रसाद रेग्मीलाई सम्मान गरिएको वालिङ जेसीजका निर्वतमान अध्यक्ष यज्ञ पुरुष रिजाल जानकारी दिनुभयो ।
१८ देखि ४० वर्षसम्मका युवाहरुलाई नेतृत्व विकास गर्ने उदेश्यले विश्वव्यापी संस्थाको रुपमा जेसीजको स्थापना भएको हो । वालिङ जेसीज भने २००४ मा स्थापित संस्था हो । स्थानीय सरकारलाई संसदीय अभ्यासको तालिम, युवाहरुलाई नेतृत्व विकास, प्रतिक्षालय निर्माण, विपदमा सहयोग लगाएत विभिन्न कार्यहरु वालिङ जेसिजले गर्दै आएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे, नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा कानुनी सल्लाहाकार सुदिप अर्याल, महासचिव भानुभक्त आचार्य र कोषाध्यक्ष करुणा काफ्ले मनोनीत हुनुभएको छ ।

Google search engine