जनएकता युवा क्लब भीरकोटद्धारा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन

0
20
Google search engine

आरती कुँवर
वालिङ, १५ पौष ।
जनएकता युवा परिवार भीरकोट ८ ढापुक को आयोजनामा गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको सोमबार उद्घाटन गरिएको छ । क्लबले तमु ल्होसार तथा पुस १५ को अवसरमा पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै भीरकोट नगर प्रवक्ता तथा वडा नं १ का वडा अध्यक्ष दिपेन्द्र केसिले खेल तथा खेलाडीको स्तरवृद्वीको लागि गाउँसमाज मा गरिने यस प्रकारका खेलले टेवा पुग्ने बताउनुभयो । उहाँले खेल र यस्ता पर्वहरुले सबैलाई एकताको सूत्र मा बाँध्ने हुँदा खेल मर्यादित र अनुशासित रूपमा सम्पन्नको कामना गर्दै नगर पालिको साथमा रहेको बताउनुभयो साथै उहाँले यस प्रकारका खेलहरुलाई निरन्तरता दिदै नयाँ खेलाडी उत्पादन समेत गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा भीरकोट वडा नं ८ का वडा अध्यक्ष नन्दलाल खनाल, वोर्ड सदस्य चित्र बहादुर राना, क्लबका प्रमुख सचेतक मन प्रसाद गुरुङ, क्लब का पुर्व अध्यक्ष तिल बहादुर गुरुङ, लाली गुराँस आमा समुहका अध्यक्ष रश्मि गुरुङ, भीरकोट जेसिज वर्ष २०२५ का अध्यक्ष शिव खनाल, कार्यक्रम संयोजक युराज गुरुङ, भीरकोट जेसिज वर्ष २०२४ का अध्यक्ष भरत खड्का लगायतले बोल्नु भएको थियो ।
क्लबका अध्यक्ष विजय गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन पब्लिक माविका सहायक प्रअ रिवन कुमार विश्वकर्माले र स्वागत मन्तव्य क्लबका सचिव वीर बहादुर गुरुङले गर्नुभएको थियो । सप्ताहव्यापी रुपमा सञ्चालन हुने कार्यक्रममा १२ टिमको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद ६५ हजार प्राप्त गर्नेछन । यस्तै द्वितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमश ४५ हजार, २८ हजार र १८ हजार नगद प्राप्त गर्नेछन ।

Google search engine
Google search engine