मितेरी वचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशन सम्पन्न

0
56
Google search engine

वालिङ, १३ पुस ।
स्याङ्जाको वालिङमा रहेको मितेरी वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
वार्षिक साधारणसभामा बोल्नुहुँदै समाजसेवी नारायणप्रसाद शर्मा पंगेनीले सहकारीले यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै थप प्रगतिको कामना गर्नुभयो ।
उद्घाटन समारोह संस्थाका अध्यक्ष टेकलाल खनालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव शेषकान्त कडेलले र स्वागत उपाध्यक्ष शंकर खनालले गर्नुभएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष टेकलाल खनाल, कोषाध्यक्ष शंकर डुम्रे, प्रबन्धक शालिकराम पाण्डेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले हालसम्म १३ करोड ५० लाखको आर्थिक कारोवार गरेको छ । शेयर धनीहरुलाई १० प्रतिशत लाभांस वितरण गरेको संस्थाका अध्यक्ष खनालले जानकारी दिनुभयो ।
शनिबार सम्पन्न भएको अधिवेशनले पुनः टेकलाल खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतबाट निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा शंकर खनाल, सचिवमा शेषकान्त कडेल, कोषाध्यक्षमा शंकर डुम्रे रहनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा बिमल पराजुली, रामप्रसाद सुवेदी, सरस्वती पंगेनी खनाल, हरिकला रेग्मी र राधा डुम्रे रहनुभएको छ ।
त्यस्तैगरी लेखा समिति संयोजकमा जोगराज पाठक, सदस्यहरुमा भीमलाल खनाल र दीपेन्द्र सुवेदी हुनुहुन्छ ।

Google search engine
Google search engine