नेपाल बीउ ब्यवसायी संघ स्याङ्जाको अध्यक्षमा रेग्मी

0
25
Google search engine

वालिङ, ६ पौष ।
नेपाल बीउ ब्यवसायी संघ जिल्ला समन्वय समिति स्याङ्जाको अध्यक्षमा युवराज रेग्मी चयन हुनुभएको छ । समन्वय समितिको शुक्रबार सम्पन्न चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतबाट चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा, सचिवमा पिताम्बर गौतम, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल रहनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा पहलसिंह विक, चोलाकान्त अर्याल, सूर्यप्रसाद मिजार, दिपेन्द्र पराजुली र राज भट्टराई रहनुभएको ९ सदस्यीय समिति सर्वसम्मतबाट चयन गरेको हो ।
जिल्लाभित्र गुणस्तरयुक्त बीउ बीजन उत्पादन तथा बिक्री वितरणमा सहजीकरण गर्नुकासाथै ब्यवसाय सञ्चालनकाक्रममा देखिएका समस्याहरुको समाधानकालागि समन्वय समितिले पहल गर्ने अध्यक्ष रेग्मीले बताउनुभयो ।
समन्वय समितिलाई थप सशक्त र जिम्मेवारीपूर्वक अगाडि बढ्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।

Google search engine
Google search engine