स्याङ्जाली नव गायक लम्सालको मन मिल्ने दौतरी बजारमा

0
130
Google search engine

आरती कुँवर
वालिङ, ६ पौष ।
लोकगीत क्षेत्रमा भर्खरै प्रवेश गरेका सर्जक तथा गायक अविषेक लम्सालको नयाँ गीत बजारमा आएको छ । रानी बनमा चरी गीतमा शब्द कोरेर लोक गायनमा प्रवेश गरेका लम्सालले मन मिल्ने दौतरी गीत आफ्नै अविषेक लम्साल युट्युब च्यानलबाट बजारमा ल्याउनुभएको हो । लाम्सालको लय तथा स्वरमा महेन्द्र सापकोटाको शब्द रचना तथा गायिका सिम्रन परियारको समेत आवाजमा मन मिल्ने दौतरी गीत बजारमा आएको हो ।
स्याङ्जाको विरुवा गाउँपालिका ६, चिन्नेवास टारमा जन्मिएका लम्सालको अहिले सम्म बजारमा दर्जनौ गीत आइसकेका छन् । तिन वटा गीतमा आफ्नै आवाज भर्नुभएको छ भने अन्य गीतमा शब्द कोर्नुभएको छ । केही गीतमा अभिनय समेत गर्नुभएको छ । यस अघि बजारमा आएको रानी बनमा चरी गीतमा चर्चित गायक अर्जुन सापकोटा, गायिका सुनिता बुढा क्षेत्री, यज्ञ सापकोटा र सुन्दर परियारको स्वर तथा लम्सालको आफ्नै लय तथा शब्दमा बजारमा आएको गीतले अत्यधिक चर्चा पाएको थियो ।
दुई वर्ष अघिदेखी सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक लम्सालले नव गायक अवार्ड पनि प्राप्त गर्नुभएको छ । तिनचार स्टेज कार्यक्रममा समेत चढ्नुभएका गायक लम्सालले दर्शकस्रोताको माया पाए लोक क्षेत्रलाई जीवन्त अँगाल्ने बताउनुभएको छ । लम्सालले फेरी यही पुस भित्रै नयाँ गित पनि बजारमा ल्याउने तयारी गरेको बताउनुभयो ।

Google search engine
Google search engine