वालिङ,१२ कात्तिक ।
स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल गह्रौंसुर मन्दिरमा बडादशैंको अवधिमा सत्र लाख ६३ हजार भेटी सङ्कलन भएको छ । स्याङ्जाको वालिङ नगरपालिका ८ र गल्याङ नगरपालिका १० को सङ्गमस्थलमा अवस्थित ‘गह«ौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्र’ मा रहेको भगवती तथा कालिका मन्दिरमा भेटीस्वरुप रु. सत्र लाख ६३ हजार ३७१ सङ्कलन भएको हो । घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट उक्त भेटी सङ्कलन भएको गह«ौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले बताउनुभयो । गतवर्षको बडादशैंमाभन्दा यसवर्ष बडादशैंको अवधिमा गतवर्षभन्दा रु. दुई लाख ८२ हजार १७२ बढी भेटी सङ्कलन भएको उहाँले बताउनुभयो ।
गतवर्ष रु. चौध लाख ८१ हजार १९९ भेटी सङ्कलन भएको थियो । मन्दिरमा सबैभन्दा धेरै भेटी पाठाको टाउको बिक्रीबाट भएको छ । पाठाको टाउको बिक्रीबाट बडादशैंको प्रतिपदादेखि पूर्णिमासम्मको अवधिमा रु. चार लाख ११ हजार ८८५ भेटी सङ्कलन भएको गह«ौंसुर धार्मिक एवम् पर्यटकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले बताउनुभयो । मन्दिरमा भक्तजनले चढाएको भेटी रु. तीन लाख ९८ हजार ४६२, मुल मन्दिरको टीका थालीबाट रु. दुई लाख ३८ हजार ८२०, होटल भाडाबाट रु. एक लाख ४५ हजार, परेवा बिक्रीबाट रु. एक लाख १६ हजार ४००, धजामाला बिक्रीबाट रु. ९५ हजार, आजीवन सदस्यबाट रु. ९१ हजार ६७२, दान पेटिकाबाट ७८ हजार ४५०, पाठा सफाईबाट ७२ हजार ४२०, सहयोग रसिदबाट ६० हजार ४४५ भेटी सङ्कलन भएको कोषाध्यक्ष गुरुङले बताउनुभयो ।
बडादशैं अवधिभर विभिन्न शीर्षकमा रु. चार लाख ५३ हजार ६७० खर्च भएको छ । खर्च कटाएर रु. तेह« लाख ९ हजार ७०२ वचत भएको छ । वचत रकमबाट मन्दिरको भौतिक संरचना निर्माण, मर्मत तथा पूजा ब्यवस्थापनमा खर्च गरिने कोषाध्यक्ष गुरुङले बताउनुभयो । तत्कालीन बाईसे चौबीसे राज्य अन्तर्गतको गह«ौंकोट राज्यका प्रथम राजा दशरथ खाँणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको यस मन्दिर पाँचसय ५० वर्ष पुरानो मानिन्छ । धार्मिक एवम् पर्यटकीय दृष्टिले प्रचूर संभावना बोकेको यस मन्दिरमा नयाँ नयाँ भौतिक संरचनाहरु निर्माण भईरहेकाले थप आकर्षण बढ्दै गईरहेको छ ।
विशेष गरी बडादशैं र चैतेदशैंमा यहाँ हजारौंको संख्यामा पाठा, पाडा, भेडा, हाँस, परेवाहरुको बली दिने गरिन्छ । एकादशी, चौथी, औंशी, सोह«श्राद्धबाहेक यहाँ हरेक दिन बली दिने गरिएको छ । स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ, तनहुँ, बुटवल, पोखरा लगायतका स्थानबाट यहाँ वर्षेनी हजारौं भक्तजनहरु पूजाआजाका लागि आउने गर्छन् ।