मातापिताप्रतिको सम्मान र सेवाभाव जगाउनका लागी कालिगण्डकी नदी किनारमा महामहोत्सव

0
258
Google search engine

वालिङ, ६ कार्तिक ।
पवित्र कालिगण्डकी नदी किनारमा मातापिता पुजन एवं गण्डकी शालग्राम दामोदर महामहोत्सव हुने भएको छ । कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान उत्तर बाहिनीको आयोजनामा यही कार्तिक ९ देखि ३१ गतेसम्म मातापिता पुजन एवं गण्डकी शालग्राम दामोदर महामहोत्सव हुने भएको हो । पछिल्लो समय मातापिताप्रतिको सम्मान र सेवाभाव हराउन थालेको भन्दै प्रतिष्ठानले यो महोत्सवको आयोजना गर्ने भएको हो ।
उक्त महामहोत्सवमा मातापिताको प्रत्यक्ष एव्ां मानसपुजन, अनेकौँ महापुरुषहरुद्धारा दिव्य प्रवचन, समग्र योग अनुशासन, प्राणायम, ध्यान तथा साधाना, हातहातमा दिपक लिएर गण्डकी एवं दामोदरको आरती, सविधि कार्तिक स्नान तथा उत्तरबाहिनी गण्डकी मन्त्रोच्चारणपुर्वक जिवन जिउने कला, तनाव व्यवस्थापन, मातापिताको सेवा लगायत विधाका अनुपम प्रशिक्षण, शिक्षा आध्यात्म, संस्कृति क्षेत्रको प्रेरक, अनेकौँ विज्ञहरुको सम्मेलन, गोष्ठी सेमिनारहरु, आयुर्वेद योग र प्राकृतिक उपचार, कर्मकाण्ड, ज्योतिष एवं वास्तु शास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, बैज्ञानिकहरुको बीचमा अदभुत अन्तरसंवाद रहने प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले जानकारी दिनुभयो ।
गल्याङ १ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका १ अर्सेदीमा रहेको धाममा दुवै स्थानहरुमा कार्यक्रम गरिने मंगलबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । प्रतिष्ठानद्धारा सञ्चालित गुरुकुलममा विभिन्न जिल्लाका ३३ जना विद्यार्थीहरु अध्ययनरत छन् । ति विद्यार्थीहरुको अध्ययन तथा प्रतिष्ठानलाई दिगोपनाका लागी महामहोत्सवको आयोजना गरिएको हो । गुरुकुलममा विद्यार्थीहरु निशुल्क रुपमा अध्ययन गरिरहेका छन् ।
निशुल्क विद्यादान, अन्नदान र जिवनदानका लागी अक्षयकोष स्थापनार्थ यो महामहोत्सवको आयोजना गरिएको अध्यक्ष चैतन्यकृष्णले जानकारी दिनुभयो । ११ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ गर्न लागिएको महामहोत्सवमा खर्च भने कम हुने आयोजकको दावी छ । कार्तिक १ गतेदेखि हरेक दिन अनुष्ठानका कार्यहरु भईरहेको भन्दै ९ गतेबाट आफ्ना बुवाआमाहरुलाई कालिगण्डकी तटमा रहेको उत्तरबाहिनीमा ल्याई सेवाभाव, आमाबुवाप्रतिको कर्तव्य भाव जागृत बनाउन यो कार्यक्रम गरिएको हो । आफ्ना दिवंगत बुवाआमाको सम्झनामा समेत फोटो राखेर पुजा गर्न सकिने भएकाले जेष्ठ बुवाआमाहरुका लागी निशुल्क आवासीय व्यवस्थापन गरिएको भन्दै उत्तरबाहिनीको महत्व उजागर गर्दै आफ्ना बुवाआमाप्रतिको कर्तव्य सन्तानले नभुलुन भन्ने हेतुले यो महामहोत्सव गरिनेछ । गण्डकी स्नानको महत्व बढाउने कार्तिक स्नान, दिपदानजस्ता महत्वपुर्ण विषयलाई समेत यो महोत्सवले जोड्ने आयोजकले जनाएका छन् ।

Google search engine
Google search engine