पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलका लागि आठ पालिका छनोट

0
124
Google search engine

वालिङ, ४ असोज ।
स्याङ्जाको वालिङमा शुक्रबारदेखि शुरु भएको पुरुष भलिबल प्रतियोगिता अन्तर्गत हिजो पहिलो समिकरणको खेल सकिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङ खेलमैदानमा जारी स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ को हिजो शनिबार पहिलो समिकरणको खेल सकिएको हो । जिल्लाका ११ वटा पालिकाको सहभागिता रहेको स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ लिग सिस्टममा खेलाईको थियो ।
११ वटा समूहबाट वालिङ नगरपालिका, हरिनास गाउँपालिका र आँधिखोला गाउँपालिका गरी ३ वटा टीम अस्ती र हिजो भएका पहिलो चरणका खेलबाट बाहिरिएका छन् । योसँगै भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ, फेदिखोला, कालीगण्डकी, अर्जुनचौपारी र बिरुवा गरी आठ टीमले क्वाटर फाइनलका लागि छनोट भएका हुन् ।
आयोजकका अनुसार ए पोलबाट पुतलीबजार र कालीगण्डकी, बी पोलबाट बिरुवा र अर्जुनचौपारीको टीम क्वाटर फाइनलका लागि छनोट भएको हो । यसैगरी सी पोलबाट चापाकोट र गल्याङ छनोट हुँदा डी पोलमा रहेका पुतलीबजार र भीरकोट दुबै टीम क्वाटर फाइनलका लागि छनोट भएका हुन् । अब आज बिहान ८ बजेदेखि क्वाटर फाइनलका खेलहरु शुरु भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले रु. एक लाख ५० हजार र द्वितीय हुनेले रु. एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Google search engine
Google search engine