मन्त्री जिसीद्वारा कृषि विकास श्रोत केन्द्रको निरीक्षण

0
177
oppo_2
Google search engine

तोलाकान्त बगाले
वालिङ, १० असोज ।
गण्डकी प्रदेशका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसीले आज स्याङ्जाको वालिङमा रहेको कृषि श्रोत विकास केन्द्रको निरीक्षण गर्नुभएको छ ।
मन्त्री भएपछि पहिलो पटक स्याङ्जामा आउनुभएकी मन्त्री जिसीले प्रदेश अन्तर्गत रही बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आईरहेको श्रोत केन्द्रको निरीक्षण गर्नुभएको हो ।
रेशम विकास केन्द्रकोरुपमा २०४२ सालमा स्थापना भएको कार्यालयको पछिल्लो समय कार्य परिवर्तन भएसँगै बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आईरहेको छ ।
कृषि विकास श्रोत केन्द्रको काम कारवाही परिवर्तन भएसँगै यस कार्यालयबाट प्रदान गरिएका सेवा प्रवाहहरुकाबारेमा उहाँले जानकारी लिनुभएको थियो ।
किम्बु बगैँचा नष्ट गरी बीउ उत्पादन थालिएको क्षेत्रको पनि उहाँले निरीक्षण गर्नुभएको थियो ।
कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरुकाबारेमा जानकारी लिंदै आगामी दिनमा थप ब्यवस्थित बनाउनकालागि प्रदेश सरकारले आवश्यक नीति तथा बजेट ब्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
कार्यालय परिसरमा रहेको किम्बु बगैँंचा नष्ट गरी पछिल्ला वर्षहरुमा कार्यालयले धान, मकै, आलु लगायतका बीउ उत्पादन गर्ने, उत्पादित बीउको प्रशोधन तथा भण्डारण गरी कृषकलाई उपलब्ध गराउँदै आएको छ ।

Google search engine
oppo_2

मन्त्री जिसीसहित कृषि महानिर्देशक बासुदेव रेग्मी, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमाललगायतले स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणमा आउनुभएका टोलीलाई श्रोत केन्द्रका प्रमुख सुदीप रेग्मीले कार्यालयको कार्य प्रगति तथा कार्यालयले प्रवाह गर्ने सेवाहरुकाबारेमा जानकारी गराउनुभएको थियो ।
साथै मन्त्री जिसीले आज नै त्रियाशी कृषि उपज तथा बजार ब्यवस्थापन सहकारीमा रहेको शीत भण्डारको निरीक्षण गर्नुभएको थियो । निरीक्षणपश्चात आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले कृषकहरुलाई ढुक्क भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले सरकार सधैँ कृषकहरुकै साथमा रहेकाले ढुक्क भएर अगाडि बढ्न आग्रह गर्नुहुँदै नीतिगत केही अप्ठ्याराहरुका विषयमा सरकारले आवश्यक निर्णय लिने बताउनुभयो ।
कृषि क्षेत्र तथा कृषकहरुको अवस्था के कस्तो छ भन्ने बुझ्नलाई पहिलो चरणमा जिल्ला जिल्लामा पुगेको बताउँदै उहाँले दोस्रो चरणमा कृषकहरुसँग प्रत्यक्ष भेटघाट गरी समस्याहरुकाबारेमा बुझ्ने दावी गर्नुभयो ।
मन्त्रीको स्वागत कार्यक्रममा त्रियाशी कृषि उपज तथा बजार ब्यवस्थापन सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रकाश अर्यालले संस्थाको गतिविधिकाबारेमा जानकारी गराउँदै शीत भण्डार सञ्चालनमा विद्युत महशुल धेरै आउने गरेकाले किसानहरुलाई मर्का परेको बताउनुभयो । उहाँले संस्थाकोतर्फबाट विद्युत महशुलमा विशेष छुट दिने ब्यवस्था प्रदेश सरकारले अगाडि बढाउनुपर्ने माग गर्दै ध्यानाकर्षण पत्रसमेत मन्त्री जिसीलाई हस्तान्तरण गर्नुभएको थियो ।

Google search engine