पूर्वाधार निर्माणले आकर्षक बन्दै ‘श्रवणकुमार पार्क’

0
151
oppo_2
Google search engine

तोलाकान्त बगाले

Google search engine

वालिङ, २७ भदौ ।

स्याङ्जाको वालिङ ८ घ्याङलिङमा अवस्थित श्रवणकुमार पार्कमा पूर्वाधार निर्माणले गति लिएको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएपछि पार्कमा पूर्वाधार निर्माणलाई तिव्रता दिईएको हो ।
श्रवणकुमार वृहत पार्क निर्माण समिति र स्थानीय नवप्रभात युवाक्लबको सहकार्यमा पार्कमा पूर्वाधार निर्माण कार्य गरिएको हो ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा पार्क परिसरमा गण्डकी प्रदेशबाट रु. दश लाख विनियोजन भई आएको थियो । विनियोजित बजेटबाट पार्क परिसरमा छपनी ढुङ्गासहितको पैदलमार्ग, फूल तथा बिरुवाहरु लगाउनकालागि बगैँचा तथा पर्खाल निर्माण गरी थप सौन्दर्यकरणमा जोड दिएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो ।

oppo_2

श्रवणकुमार पार्कको पूर्वाधार निर्माण तथा सौन्दर्यकरणमा नमूना कार्य भएको उहाँले बताउनुभयो । विगतका वर्षहरुमा पार्क परिसरमा घेराबार गर्ने, प्रवेशद्वार निर्माण, श्रवणकुमारको प्रतिमा स्थापना, बगैँचा, चौपारी तथा वृक्षारोपण, शौचालय निर्माण, बाल उद्यानसँग सम्बन्धित पूर्वाधारहरु निर्माण भईसकेको पार्कका अध्यक्ष जीवलाल काफ्लेले बताउनुभयो ।

“अमिलीथुम आधारभूत विद्यालयको पुरानो र जीर्ण भवनलाई मर्मतसम्भार तथा रङरोगन गरी विद्यालयको सहमतिमा भोगचलन गर्दै आएका छौं” उहाँले भन्नुभयोे, “वालिङको मुख्य बजारबाट झण्डै १५ मिनेटको पैदल दूरीमा पुग्न सकिने नजिकैको पार्क भएकाले पनि यहाँ आउने मानिसहरुको संख्या बढ्दै गएको छ ।”

बजार र गाउँभन्दा माथिल्लो पहाडको थुम्को परेको ठाउँमा अवस्थित भएकाले पनि यहाँ शान्त र मनोरम वातावरण रहेको छ । बजारबाट नजिकैको दूरीमा भएकाले विशेष गरी बिहान र साँझमा ब्यायाम गर्नकालागि पैदल आउनेको संख्या बढी छ ।

oppo_2

दिउँसोको समयमा गर्मी छल्न र विदाका दिनमा परिवारसँग घुम्नकालागि पनि यहाँ मानिसहरु आउने गरेका उहाँले बताउनुभयो । पार्कको सौन्दर्यकरणमा जोड दिंदै स्थानीय नवप्रभात युवाक्लबको पहलमा पार्क परिसर र बाहिरी भागहरुमासमेत विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको क्लबका अध्यक्ष मधुसुधन सुवेदीले बताउनुभयो ।

“क्लबको अगुवाईमा डिभिजन वन कार्यालय स्याङ्जा तथा ८ नं वडा कार्यालयबाट फलफूल र अन्य विरुवाहरु उपलब्ध भयो” उहाँले भन्नुभयो, “वालिङस्थित वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गड्यौले मल उपलब्ध गराएर सहयोग ग¥यो भने क्लबको जनशक्तिमार्फत वृक्षारोपण गरेका हौं ।”
पूर्वाधार निर्माणले गति लिएसँगै यहाँ आउने पर्यटकहरुलाई थप आकर्षण गर्नकालागि विभिन्न प्रजातिका फूलका बिरुवाहरु रोपिएको उहाँले बताउनुभयो ।

पार्कमा आउने पर्यटकहरुलाई लक्षित गर्दै वालिङ ईन्टरनेट प्रालिको सहयोगमा पार्क परिसरमा निशुल्क वाईफाईको ब्यवस्था मिलाईएको छ । एकान्त र उचाईमा रहेको यो ठाउँबाट वालिङ बजारसहित हिमशृंखलाहरुको सजिलै दृश्यावलोकन गर्न सकिने भएकाले पनि पर्यटकहरुको रोजाईमा पर्दै गएको हो ।
पार्कको सुरक्षा र सरसफाईकालागि हेरालुको ब्यवस्था पार्क र क्लबले गरेको छ । आगामी दिनमा पार्कलाई थप ब्यवस्थित बनाउन र अझै यहाँ पर्यटकहरुलाई आकर्षित गर्नकालागि वनभोज स्थल निर्माण, भाँडाकुँडाको ब्यवस्थापन, विभिन्न प्रकारका पिङ तथा खुल्ला ब्यायामशालाका उपकरणहरु थप गर्ने तयारी भईरहेको छ ।
आफ्ना अन्धाअन्धी बाबुआमालाई बोकेर तीर्थयात्रा गराउने क्रममा स्याङ्जाको हाल आँधीखोला गाउँपालिकामा पुग्दा राजा दशरथले हानेको बाणले लागेर श्रवणकुमारको मृत्यु भएको किंवदन्ती रहेको छ ।
आँफूहरुको सहाराकोरुपमा रहेको छोराको मृत्युको शोकमा आँसु बनी हालको आँधीखोला बहेको भन्ने जनविश्वास रही आएको छ । अन्धाअन्धी बुवाआमा र कर्तब्यनिष्ठ छोरा श्रवणकुमारको स्मृतिमा यस ठाउँमा श्रवणकुमार पार्क स्थापना गरिएको हो ।

Google search engine