बिपिको १११औँ जन्मजयन्ती, विपन्न माझिको परिवारलाई खाद्यान्न सहयोग

0
85
Google search engine

आरती कुँवर
वालिङ, २४ भाद्र ।
नेपाली काँग्रसका संस्थापक नेता एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्मजयन्तीको अवसरमा विपन्न माझी परिवालाई खाद्यान्न सहयोग गरिएको छ । नेपाली काँग्रेस भीरकोट नगर कार्य समितिले बिपी जन्मजयन्तीको अवसरमा विपन्न वर्गलाई सहयोग कार्यक्रम अन्तर्गत भीरकोट ६ चिउरेनीस्थित प्रेम माझीको परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।सहयोग कार्यक्रममा भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्य, निवर्तमान नगर प्रमुख छायाराम खनाल, तोयनाथ अर्याल लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भीरकोट वडा नं ७ का वडा अध्यक्ष एवम् नगर सचिव ताराप्रसाद अर्यालले सञ्चालन गर्नुभएको थियो । माझी परिवारलाई चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, सिरक, विस्तारा लगायतका सामग्री सहयोग गरेको हो । नेपाली काँग्रेस भीरकोट नगर समितिले भीरकोट ६ चिउरेनीस्थित माझी गाउँका प्रेम माझीको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र माइलो छोरा राजेन्द्र माझीको खसेर निधन भएकाले १३ औं दिन पश्चात नेपाली काँग्रेसले विशेष अभियान नै चलाएर माझीको परिवारलाई आवास निर्माण गर्ने प्रतिवद्धता समेत गरेको छ ।

Google search engine
Google search engine