दीपज्योति युवा क्लबद्धारा श्रीकृष्ण जन्माष्टमीमा लाखे नाँच एवम् सांस्कृतिक कार्यक्रम

0
248
Google search engine

आरती कुँवर
वालिङ, १० भाद्र ।
पुर्खाहरुले शुरुवात गरेको सांस्कुतिक कार्यक्रमलाई विगत २१ वर्षदेखी निरन्तरता दिदै आएको दीपज्योति युवा क्लबले यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी पर्वमा विभिन्न कार्यक्रम गरेको छ । दीपज्योति युवा क्लब वालिङ १४ ले श्रीकृष्ण जन्माष्टमी एवम् क्लबको २२ औँ वार्षिकोत्सवको अवसर परि लाखे नाँच, तिज गित नृत्य प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम गरेको हो ।

Google search engine

कार्यक्रममा बोल्नुहुदैं वालिङ नगरपालिका वडा नं १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले यस क्लबले आफना बाबुबाजेले शुरुवात गरेको सांस्कृतिक कार्यक्रमलाई परिष्कृत रुपले वर्षेनी गर्दै आएको कार्यक्रम अत्यन्तै सराहनिय भएको भन्दै यस साँस्कृतिक कार्यक्रमलाईं आगमी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । साथै उहाँले हाम्रा मौलिक परम्पराहरुलाई जर्गेना गर्ने कार्यमा लाग्ने सम्पुर्णको साथकम आफुँ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । यस कार्यको सबैले अनुशरण गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा लाखे नाँचको साथमा तिज गित नृत्य प्रतियोतिगता एवम् स्थानिय कलाकारको समेत प्रस्तुति राखिएको थियो । स्थानिय कलाकार राजेश भण्डारी, जगत गौडेल तथा मोडेल शृष्टि विश्वकर्माले आ–आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । नृत्य प्रतियोगितामा एकल नृत्य अन्र्तगत सञ्चीता डुम्रे प्रथम, भुमिका कुँवर द्धितिय, रोजि डुम्रे तृतिय र निस्मा खनाल सान्त्वना भएका छन । तिज गित नृत्य प्रतियोतिगतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश नगद ४ हजार, ३ हजार, २ हजार, एक हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । त्यस्तै सामुहिक नृत्य अन्र्तगत पिसजोन इन्टिग्रेटेड विद्यालयका सिया श्रेष्ठको समुह पुरस्कृत भएको छ ।
कार्यक्रम क्लबका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन क्लबका उपाध्यक्ष टोप बहादुर अधिकारी र सदस्य सिता पाण्डे डुम्रेले र स्वागत सदस्य श्याम डुम्रेले गर्नुभएको थियो ।

Google search engine