वडा र नगरपालिकालाई ध्यानार्कषण पत्र पेश, तालाबन्दी गर्ने चेतावनी

0
110
Google search engine

वालिङ, १० भदौ ।
मिर्दीको खरिबोटदेखि, विपिचोक डुम्रीकोट सडक उपभोक्ताहरुले वडा कार्यालय र वालिङ नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । आईतबार वडा अध्यक्ष दामोदर तिवारी र नगरप्रमुख कृष्ण खांणलाई संर्घष समितिले ध्यानार्कषण पत्र बुझाएको हो । नगरको १६औँ नगरसभाद्धारा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा योजना टुङ्गो लगाएर काम गर्नुपर्नेमा जनप्रतिनीधिबीचको आपसी किचलो तथा लडाईका कारण विकासका काम प्रभावित हुन पुगेको ध्यानार्कषण पत्रमा उल्लेख गरिएको छ । २ वर्षदेखि निर्माणकार्य स्थगित भएको यो सडक चालु वर्षमा पनि बजेट सुनिश्चित नभएको भन्दै ध्यानार्कषण गराइएको उपभोक्ताहरुको भनाई छ ।

Google search engine


गतवर्ष दोस्रो प्राथमिकताको पहिलो नम्बरमा रहेको र नगरबाट टेण्डरसमेत गर्ने निर्णय गरिएको सडकलाई बजेट सुनिश्चिता गरी छिटो टेण्डर गर्न माग गरिएका ध्यानकर्षण पत्र सडक उपभोक्ता संर्घष समितिका अध्यक्ष हुमनाथ आर्यलले वाचन गरेर सुनाउँनुभएको थियो । चालु आर्थिक वर्षका लागी विनियोजित बजेट, योजनामा नगरको नेतृत्व विच सर्वसहमतीबाट टुंगो लगाई नगरको विकासमा सहभागि हुन समेत आग्रह गरिएको छ । गौरवको योजनामा बजेट सुनिश्चित गरी टेण्डर प्रकृयाका लागी एक हप्ता भित्र लिखित प्रतिवद्धता सहित बजेट सुनिश्चितता नभए वडा कार्यालय र नगरपालिकामा तालाबन्दी गर्ने समेत चेतावनी दिईएको छ । यसबाट पर्न जाने असुविधा प्रति नगरपालिका र वडा जिम्मेवार हुनुपर्ने ध्यानार्कषण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानार्कषण पत्र बुझ्दै वालिङ नगरप्रमुख कृष्ण खांँणले सीमित स्रोतमा नागरिकका असिमित काम गर्नुपर्ने जनप्रतिनिधिको बाध्यता रहेको बताउनुभएको छ । निर्वाचित जनप्रतिनिधिले नाागरिकको हरेक कामहरु पूरा गरेर प्रशंसित हुने चाहना रहेपनि बाध्यता बस स्थानीय तहमा सीमित बजेट हुँदा जनअपेक्षा अनुसार काम गर्न नसएिको उहाँले व्यक्त गर्नुभयो ।
जनदबाबले जनप्रतिनिधिहरुलाई अझ जिम्मेवार र कर्तव्यबोध बनाएको भन्दै भीमटारी, मिर्दी सडक कार्यपालिकाको पहिलो प्राथमिकतामा रहेको नगर प्रमुख खाँणले बताउनुभयो । बजेट लुकाईएको भन्ने गलत अफवाह फैलाइएको र यसका लागि नगरपालिकामा आएर लेखा शाखामासमेत बजेटको बारेमा बुझ्न सकिने भन्दै उहाँले नगरका हरेक गतिविधि थाह पाउने नागरिकमा सूचनाको हक भएकाले यसमा भ्रमित नहुँन आग्रह गर्नुभयो ।

जनप्रतिनिधिले नसक्ने कामलाई गर्छु भन्ने आश्वासन दिन नहुँने भन्दै नगरप्रमुख खांणले भन्नुभयो,“जनप्रतिनिधि भईसकेपछि कुन काम गर्न सकिन्छ, त्यस्ता कामको मात्रै गर्छु भनेर आश्वासन दिनुपर्छ र काम पनि गर्नुपर्छ पनि, नगरको आफ्नो परिधि र सीमा भित्र नरहेका ठुला योजना पनि गर्छु भनेर आश्वासन दिने र बोलेको नगर्ने गर्दा झनै नागरिकहरु आक्रोशित हुनुपर्ने वातावरणको सिर्जना हुन सक्छ त्यसतर्फ जनप्रतिनिधि सबैले ध्यान दिनुपर्छ ।” ध्यानार्कषण पत्र तथा सडकको विषयमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने र कहाँबाट कसरी गर्न सकिन्छ गर्ने नगरप्रमुख खांणको प्रतिवद्धता छ ।

Google search engine