उवा संघ महिला उद्यमी विकास समितिको तिज विशेष कार्यक्रम

0
117
Google search engine

वालिङ, १२ भाद्र ।
वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले तिजको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । महिला उद्यमी विकास समितिको आयोजनामा गरिएको कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले तिजले महिलाहरुलाई एकतावद्ध भई थप शसक्त रुपमा उद्यमशीलतामा लाग्न अभिप्रेरित गर्ने बताउनुभयो । साथै अध्यक्ष श्रेष्ठले तिज पर्व महिलाहरुको जमघट, आफ्ना दुखसुख साटासाट गरेर रमाईलो गरी मनाईने पर्व भएकाले यो पर्वलाई मौलिक परम्परागत रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांण, पुर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्याल, महिला उद्यमी विकास समितिका पुर्व अध्यक्ष युगमाया पंगेनीलगायतले बोल्नुभएको थियो । कार्यक्रम महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसीको अध्यातामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती पंगेनी र संचालन सचिव सिता ढुंगाना अधिकारीले गर्नुभएको थियो । महिला उद्यमी विकास समितिले यो १५औँ संस्करणको तिजको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । यसअघिका तिजहरुमा महिला उद्यमीले प्रतियोगितात्मक कार्यक्रम गरी मनाउने गरेको थियो भने यो वर्ष शुभकामना आदानप्रदान गरि मनाईएको हो ।

Google search engine
Google search engine