पर्वतकी नेपालीलाई छात्रवृत्तिमा एक वर्षे कम्प्युटर कोर्ष गर्ने अवसर प्रदान

0
239
Google search engine

वालिङ, २९ साउन ।
लियो क्लब अफ वालिङ सिटि, राईट स्टेप एजुकेशन ऐकेडेमी र डब्लूआईसि कम्प्युटर इन्स्टिच्युड वालिङको संयुक्त संयोजकमा कम्प्युटर कोर्षमा छात्रवृत्ति प्रदान गरिएको छ । लियो क्लबले ति दुई संस्थाको सहयोगमा हरेक वर्ष गरिव तथा जेहेन्दार विद्यार्थीका लागी एक वर्षे कम्प्युटर कोर्ष निशुल्क रुपमा प्रदान गर्दै आएको छ । यसअगाडि ३ जनाले छात्रवृत्ति प्राप्त गरी कम्प्युटरको एक वर्षे पिडिआईसिए कोर्ष सम्पन्न गरिसकेका छन् ।

Google search engine

सोमबार डब्लूआईसि कम्प्युटर इन्स्टिच्युटको हलमा गरिएको कार्यक्रममा लियो क्लबका सल्लाहकार विजय कोईरालले क्लबले सहयोगी संस्थाहरुको सहयोगमा विगत ३ वर्षदेखि यो छात्रवृत्ति कार्यक्रम संचालन गर्दै आएको भन्दै यो कार्यक्रमले आर्थिक रुपमा कमजोर तर क्षमतावान विद्यार्थीहरुलाई भविष्य समुज्वल बनाउन अभिप्रेरित गरेको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ वालिङ ग्रिन होमका अध्यक्ष विष्णु खड्का, राईट स्टेप एजुकेशन एकेडेमीका सिईओ जितेन्द्र शर्मापौडेलले लियो क्लबले गरेको यो कार्य प्रशंसनिय रहेको बताउनुभयो । यसवर्षको छात्रवृत्ति प्राप्त गर्नेमा पर्वतको विहादी गाउँपालिका २ की अनिता नेपाली रहनुभएको छ । वालिङ बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आउनुभएकी अनिताले कम्प्युटरको एक वर्षे पिडिआईसिए कोर्ष निशुल्क रुपमा पढ्न पाउनुभएको लियो क्लबका अफ वालिङका पुर्व अध्यक्ष दिक्षान्तप्रताप खांणले बताउनुभयो । यो कोर्ष पढ्नका लागी ३७ हजार लाग्छ ।
क्लबले आवेदन नै खुलाएर गरिव तथा जेहेन्दार विद्यार्थी छनोट गरेको हो । कार्यक्रम लियो क्लबका अध्यक्ष संजोग थापाको अध्यक्षतमा सम्पन्न भएको थियो भने स्वागत क्लबका वरिष्ठ सल्लाहकार प्रज्ववल रनपालले गर्नुभएको थियो भने संचालन सहसचिव सुदेश डुम्रेले गर्नुभएको थियो ।

Google search engine