ट्याक्टर दुर्घटनामा घाईते चालकको उपचारकाक्रममा मृत्यु

0
70
Google search engine

वालिङ, २७ साउन ।
स्याङ्जाको चापाकोट १० बायडाँडामा आईतबार साँझ ट्याक्टर दुर्घटनामा परी गम्भीर घाईते भएका चालकको उपचारकाक्रममा मृत्यु भएको छ । चापाकोट १० बारीकुनाबाट माटो लिएर चापाकोटतर्फ जाँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पाल्पाको रामपुर नगरपालिका ४ देविस्थानका २८ वर्षीय महेन्द्र दमाईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उमेशलाल श्रेष्ठका अनुसार उनी चापाकोट १० बोटेटारमा बस्दै आएका थिए । माटो लिएर जाँदै गरेको ट्याक्टर बायडाँडास्थित भित्री सडकखण्डमा सडकको कुनापट्टीको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । साँझ ६ बजे उक्त घटना भएकोमा गम्भीर घाईते भएका चालक महेन्द्रलाई उपचारकालागि चापाकोट अस्पताल पु¥याईएको थियो । उनको उपचारकाक्रममा साँझ ७ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

Google search engine
Google search engine