वालिङ, २४ साउन ।
भीरकोटमा डेङ्गी तथा हैजा रोग सम्बन्धी सचेतना एवम् सरसफाइ कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ भीरकोटको आयोजनामा बुधबार सचेतना तथा सरसफाई कार्यक्रममा गरिएको हो । भीरकोट नगरपालिका, भीरकोट जेसिज, सन्त निरंकारी मण्डल, भीरकोट उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरूको समेत उपस्थितीका सचेतना कार्यक्रम गरिएको हो । सामाजिक कार्यमा लायन्स क्लब अफ भीरकोट अग्रसर रहदैं आएको छ ।
व्यक्तिगत सरसफाइ संगै टोल, समाजको सरसफाइ गरेमा वर्षायाममा लाग्ने विभिन्न प्रकारका रोगहरुबाट बच्न सकिने भएकाले सरसफाइ संगै सचेतना कार्यक्रम गरिएको लायन्स क्लब अफ भीरकोटका अध्यक्ष ढाकाराम खनालले जानकारी दिनुभयो । साथै लायन्स क्लब सामाजिक काममा सधैँ क्रियशिल हुँदै आएको बताउँदै आगामी दिनमा पनि निरन्तर सक्रिय रहने रचनात्मक कार्य गर्दै अगाडी बढ्ने उहाँको भनाई छ ।
यस्तै लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) ले सचेतना र सरसफाइ कार्यक्रममा सहभागी भई साथ दिएकोमा सहभागीहरुलाई धन्यवाद दिदै लायन्स क्लब स्थापनाकाल देखी नै सामाजिक कार्यमा तत्पर रहदै आएको र आगामी दिनमा पनि साथमा रहने बताउनुभयो ।
कार्यक्रममा दार्सिङ देखि प्रहरी चौकी सम्म डेङ्गी तथा हैजाका कारण, लक्षण र यसबाट बच्ने उपाय र सरसफाइको उपयोगिताका बारेमा माइकिङ गरिएको थियो ।






