वालिङ, २३ साउन ।
एसईईको ग्रेड वृद्धि अर्थात मौका परिक्षा आजदेखी शुरु भएको छ । ग्रेड वृद्धि परिक्षाको लागी स्याङ्जाबाट २१ सय ३२ जना सहभागि हुँदै छन् । आजबाट शुरु हुने एसईईको गे्रडवृद्धिका परिक्षाको लागी २१ सय ३२ जनाले फारम भरेको जिल्ला शिक्षा ईकाई कार्यालयका प्रमुख विश्वराज आचार्यले बताउनुभयो । परिक्षा बिहान ११ बजेदेखी शुरु हुने छ । स्याङ्जामा ६ वटा केन्द्रहरु तोकिएको छ ।
वालिङमा ३ र पुतलीबजार नगरपालिकामा ३ गरी ६ वटा केन्द्रहरुमा विद्यार्थीले एसईईको ग्रेड वृद्धिको परिक्षा दिनेछन् । स्याङ्जाबाट सबैभन्दा धेरै गणित विषयको गे्रड वृद्धिका लागी विद्यार्थीले परिक्षा दिँदैछन् । गणित विषयतर्फ १४ सय ९० जना, विज्ञान विषयतर्फ ११ सय ९५, अंगे्रजी विषयतर्फ ७८० जना विद्यार्थीले परिक्षा दिनेछन् । परिक्षा आजबाट शुरु भएर साउन ३१ गतेसम्म संचालन हुनेछ ।
एसइईमा आधाभन्दा धेरै परीक्षार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो ।