आँधीखोलामा बेपत्ता युवकको आज पुनः खोजी चल्दै

0
233
Google search engine

वालिङ, १२ साउन ।
आँधीखोलामा पौडी खेल्न गएका बेपत्ता युवकको आज बिहानैदेखी खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ । हिजो दिउँसोदेखि बेपत्ता भएका युवकको अवस्था अझै थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । हिजो खोजी गर्दा फेला पार्न नसकेपछि आज बिहानैदेखि खोजी गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रनाउ रानाका अनुसार बेपत्ता हरिनास गाउँपालिका –५ बसन्त डाँडा घर भई वालिङ् नगरपालिका –८ बिपी चोकमा डेरा गरी बस्दै आएका २३ वर्षीय शिव पोख्रेल शुक्रवार दिउँसो साथीहरूसङ्ग वालिङ् –११ अमले स्थित आँधिखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । पोख्रेल वालिङ् बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रनाउ रानाले जानकारी दिनुभयो ।

Google search engine
Google search engine