साउन महिनाको पहिलो सोमबार छाङछाङदी मन्दिरमा डेढ लाख बढि आम्दानी

0
453
Google search engine

साउन, ७ ।
स्याङ्जाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिरमा साउन महिनाको पहिलो सोमबारको अवसरमा छायाँक्षेत्र मन्दिर छाङछाङदीमा १ लाख ६६ हजार ९ सय ३४ रुपैयाँ भेटि संकलन भएको छ ।

Google search engine

मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलका अनुसार मन्दिरमा सहयोग रसिदबाट २४ हजार ६७९, आजीवन सदस्यताबाट ५ सय ५, पार्किङ सेवाबाट २५ हजार, स्टल विक्रिबाट २० हजार ५ सय, मुल मन्दिर तथा भजन मण्डलीबाट ४३ हजार तथा दानपेटिकाबाट ३१ हजार २ सय ५० गरी १ लाख ६६ हजार ९ सय ३४ रुपैँया भेटि संकलन भएको हो ।


यस्तै साउन महिनाको पहिलो सोमबारको अवसरमा उल्लेख्य भक्तजनहरुले मन्दिर दर्शन गरेका छन् । साउन महिना भगवान शिवको महिना भएकाले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । सोमबार मन्दिर स्नान तथा पुजापाठका लागी छायाँक्षेत्र मन्दिरमा भक्तजनको विषेश उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक पौडेलले जानकारी दिनुभएको हो ।


जिल्लाकै पवित्र धार्मिक स्थलका रुपमा रहेको छायाँक्षेत्र मन्दिरमा साउन महिनामा शिवजीको ब्रत वस्दा मनोकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ साउन महिनाभरी चोखो खाएर भगवान शिवको उपासना गर्ने गरिन्छ ।


यसैबीच यसरी विभिन्न पर्व विषेशबाट संकलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ ।


छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । मन्दिरमा मनोकांङ्क्षा पुरा हुने विश्वासले स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, चितवन, कास्की, बाग्लुङ लगायत टाढाटाढाबाट मन्दिर दर्शनका लागी आउने गरेका छन ।

Google search engine