आरती कुँवर
वालिङ, २६ असार ।
भीरकोट लायन्स क्लब अफ भीरकोटको आयोजनामा भीरकोट पार्क परिसरमा बुधबार वृक्षारोपण गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागीतामा भीरकोट स्थित भीरकोट पार्क परिसरमा वृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रममा लिची, आँप, अम्बा जस्ता विभिन्न प्रजातिका फलपूmलहरुको विरुवा रोपिएको थियो ।
कार्यक्रममा बोल्नुहुदै कार्य बहाक भीरकोट नगर प्रमुख तथा क्लबका संस्थापक सल्लाहकार भगवति अर्यालले वातावरणीय पर्यावरण सन्तुलनका लागी वृक्षारोपण कार्य अत्यन्तै उपयोगि हुने बताउनुभयो । साथै उहाँले आँफु बाँच्न र अरुलाई बचाउन हरेक मानिसले कुनै न कुनै बोट विरुवा रोपण गर्न आवश्यक रहेको बताउँदै मानिसलाई खानाको रुपमा चाँहिने फलपूmल रहेको हुँदा फलपूmलको विरुवा रोपण कार्य प्रशंसनिय रहेको बताउनुभयो ।
क्लबका अध्यक्ष ढाकाराम खनालले वातावरणलाई स्वच्छ बनाउन र समाजप्रतिको दायित्व निभाउन वृक्षारोपण गरिएको बताउनुभयो । क्लब स्थापनाकाल देखि नै सामाजिक कार्यमा सक्रिय हुँदै आएको बताउँदै उहाँले आफ्नो कार्यकालमा पनि रचनात्मक तथा अनुकरणीय कार्य गर्दै अगाडी बढ्ने दाबी गर्नुभयो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मण, भीरकोट ७ का वडा अध्यक्ष तथा क्लबका संस्थापक सल्लाहकार तारा अर्याल, भीरकोट ४ का वडा अध्यक्ष रत्नप्रकाश श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष ढाकाराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको स्वागत क्ललबका द्धितिय उपाध्यक्ष चिन्तामणी चापागाईले सञ्चालन सचिव इन्दिरा केसीले गर्नुभएको थियो ।