उद्योगी, ब्यवसायी एवम् समाजसेवी शर्माद्वारा रेडियोलाई कम्प्युटर प्रदान

0
281
oppo_2
Google search engine

वालिङ, २५ असार ।
उद्योगी एवम् वरिष्ठ समाजसेवी डोलराज शर्माले रेडियो आँधीखोलालाई कम्प्युटर सहयोग गर्नुभएको छ ।
स्याङ्जाको वालिङ ८ काफलडाँडा घर भई हाल काठमाडौंमा रहनुभएका शर्माले आँधीखोला सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो आँधीखोलालाई दुई थान उच्च गुणस्तरका कम्प्युटर उपलब्ध गराउनुभएको हो ।
शर्माले उपलब्ध गराउनुभएको कम्प्युटर स्थानीय युवा समाजसेवी केशभक्त गुरुङले मंगलबार रेडियो कार्यालयमा संस्थाका अध्यक्ष शान्ता थापा र स्टेशन म्यानेजर तोलाकान्त बगालेलाई हस्तान्तरण गर्नुभएको हो ।
आँफू जन्मेको भूमिमा रहेका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएका शर्माले रेडियोलाई अत्यावश्यक हुने कम्प्युटर उपलब्ध गराएको बताउनुभयो ।
“रेडियोले यहाँका नागरिकहरुलाई समाचार, ज्ञान, सूचना तथा मनोरञ्जनात्मक कार्यक्रमहरु दिंदै आएको छ” उहाँले भन्नुभयो, “आगामी दिनमा अझै लोकप्रिय कार्यक्रमहरु उत्पादन र प्रसारणमा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्प्युटर सहयोग गरिएको हो ।”
अहिले रेडियोलाई सानो सहयोग गरिएको र आगामी दिनमा थप सहयोगहरु गर्दै यसको क्षेत्रलाई ब्यापक बनाउने गरी लाग्ने बताउनुभयो ।
कम्प्युटर ग्रहण गर्नुहुँदै रेडियोका अध्यक्ष शान्ता थापाले उद्योगी, ब्यवसायी एवम् वरिष्ठ समाजसेवी शर्माले रेडियोलाई सहयोगी सामग्री उपलब्ध गराएर ठूलो गुन लगाउनुभएको बताउनुभयो ।
रेडियोले समाचार, सूचना तथा विविध जानकारीहरु नागरिकहरुलाई उपलब्ध गराउनकालागि प्राप्त सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सहयोगी शर्माप्रति संस्थाकोतर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
रेडियोका स्टेशन म्यानेजर तोलाकान्त बगालेले समाजसेवी शर्माले उपलब्ध गराउनुभएको सामग्रीको सही सदुपयोग गर्दै आगामी कार्यक्रम तथा गतिविधिहरुलाई थप उचाईमा पु¥याउने बताउनुभयो । उहाँले सहयोग उपलब्ध गराउनुभएकोमा बरिष्ठ समाजसेवी एवम् उद्योगी शर्माप्रति आभार ब्यक्त गर्नुभयो ।
समाजसेवी शर्माले यसअघि पनि विभिन्न विद्यालय, संघ संस्था तथा ब्यक्तिहरुलाई पनि विभिन्न सहयोगहरु गर्दै आउनुभएको छ ।

Google search engine
Google search engine