पोखरामा पहिरोले घर पुर्दा सातजनाको ज्यान गयो

0
177
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added
Google search engine

असार , २८ ।
कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । पोखरा– १९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

Google search engine

ज्यान गुमाउनेमा पोखरा महानगरपालिका वडा नम्बर १२ पुरनचौरका ४७ वर्षीय कुलबहादुर परियार, उहाँकी श्रीमती ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

यसैबीच पोखरा–३२ चैनपुरमा पनि पहिरोले घर पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ बेपत्ता हुनुभएको छ ।

Google search engine