बालकको उपचारकालागि आर्थिक सहयोग हस्तान्तरण

0
127
Google search engine

तोलाकान्त बगाले
वालिङ, ५ असार ।
घरको माथिल्लो तलाबाट खसेर घाईते बालकको उपचारकालागि आर्थिक संकलन गरी हस्तान्तरण गरिएको छ ।
स्याङ्जाको वालिङ ६ मिर्दीस्थित एक घरको तेस्रो तलाबाट खसेर घाईते भएका २ वर्षीय सागर पौडेलको उपचारकालागि रकम संकलन अभियान सञ्चालन गरी हस्तान्तरण गरिएको हो ।
एकसाता अघि खसेर घाईते बालकको उपचारकालागि स्थानीयहरुको सक्रियतामा रकम संकलन गरी हस्तान्तरण गरिएको हो ।

Google search engine

बालकको उपचारकालागि परिवारको आर्थिक अवस्था न्यून भएकाले उपचारकालागि रकम संकलन गरी हस्तान्तरण गरिएको अभियानका नेतृत्वकर्ता बिजय कोईरालाले बताउनुभयो ।
“बालकको पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा एकसाता अघिदेखि उपचार भईरहेको छ” उहाँले भन्नुभयो, “परिवारले बालकको उपचारकालागि आर्थिक समस्या भएको बताएपछि रकम संकलन अभियान सञ्चालन गरेका हौं ।”
घरदैलो तथा विभिन्न माध्यमबाट संकलन भएको रु. ४१ हजार ९ सय २५ बालकको हजुरआमालाई घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

घाईते बालकको थप उपचारकालागि कसैले सहयोग गर्न चाहेमा ९८४६०७१८५३ मा सम्पर्क गरेर रकम सहयोग गर्न सक्ने उहाँले बताउनुभयो ।
बालकको टाउकोमा चोट लागेको छ । उपचार भईरहेकाले स्वास्थ्यमा केही सुधार हुँदै गएको छ ।

Google search engine