विद्युत महशुल वृद्धिमा प्रभावित पालिका तथा जनप्रतिनिधिको एउटै स्वर, वालिङमा अन्र्तक्रिया

0
213
oppo_2
Google search engine

वालिङ, २४ जेठ ।
विद्युत महशुल वृद्धिको विरुद्धमा वालिङमा छलफल तथा अन्र्तक्रिया गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा गरिएको अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, पाल्पाको रामपुर नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा विद्युत महशुल वृद्धि मान्य नहुँने भन्दै चरणबद्ध आन्दोलनमा जाने विषयमा ऐक्यवद्धता जनाएका छन् ।

Google search engine

कार्यक्रममा चापाकोट नगरप्रमुख देवबहादुर खांण ईश्वरले कम गुणस्तरको विद्युत वितरण गर्दै आएको विपिसिले अस्वभाविक रुपमा महशुल वृद्धि गरेको भन्दै यो निर्णय मान्य नहुँने र प्रभावित तहका स्थानीय सरकार, उपभोक्ता, राजनीतिक दल एउटै स्वर बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । विजुलीको गुणस्तर कम हुँदा पालिकाका काम समेत प्रभावित भईरहेको भन्दै यो मुल्य वृद्धि स्वीकार्य नहुँने र प्रभावित पालिकाका स्थानीय सरकारसंग चापाकोट नगरपालिका पनि ऐक्यवद्धता जनाएर आन्दोलनमा उत्रने नगरप्रमुख खांणको भनाई थियो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले विद्युत शुल्क बृद्धि घटाउनका लागी गरिने हरेक आन्दोलनमा सहमत रहेको भन्दै विपिसिको गल्याङ कार्यालयमा हरेक दिन धर्ना कार्यक्रम भईरहेको पनि जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले नागरिकको दैनिकी जीवनलाई कष्टकर बनाउने गरी विपिसिले गरेको मुल्य वृद्धि स्विकारे नहुँने भन्दै यसमा प्रभावित पालिकाका स्थानीय सरकार प्रक्रियागत रुपमा अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांगे्रसका वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डेले जेष्ठ १ गतेबाट विपिसिले गरेको मुल्य वृद्धिको विरुद्धमा जेठ २ गतेबाट देखी नै विपिसिलाई ध्यानार्कषण गराईएको, मिटर रिडिङ नगर्न र भुक्तानी नलिन आग्रह गरिएको, नियमन आयोगमा निवेदन दिईएको, सम्बन्धित निकायमा ध्यानार्कषण गराईएको तथा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र समेत बुझाईएको बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आश्वासन दिईएपनि अहिलेसम्म कुनै थप जानकारी नआएको भन्दै ४० हजार परिवारले उपभोग गर्दै आएको विद्युत महशुल एकाएक ८० प्रतिशतसम्म वृद्धि गर्नु मान्य नभएको र यो आन्दोलनलाई टुङग्याएर मात्रै छाडिने सभापति पाण्डेले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेलले कम गुणस्तरको विजुली विक्रि गर्दै आएको विपिसिले आँफूले स्थापनाकालमा गरेका सम्झौता सम्झनुपर्ने भन्दै कम्पनी अहिले नाफामुखी मात्रै भएको बताउनुभयो ।

विद्युत नियमन आयोगका प्रमुखले अघिल्लो दिन यो प्रस्तावलाई स्वीकृति दिनु र भोलीपल्ट रिटार्यड हुनु अस्वाभाविक भएको भन्दै यसमा आर्थिक चलखेल हुन सक्ने बताउनुभयो । कार्यक्रममा राप्रपा, रास्वपा, जनमोर्चालगायतका दलका प्रतिनिधिहरुले महशुल वृद्धिको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । कार्यक्रममा प्रभावित पालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दल तथा पत्रकारहरुको सहभागिता थियो ।

Google search engine