बाख्रा फर्ममा आगलागी

0
146
Google search engine

वालिङ, २७ जेठ ।
स्याङ्जाको वालिङ १० ढकालडाँडामा गएराति बाख्रा फर्ममा आगलागी भएको छ । स्थानीय रुक्मानन्द ढकालले ब्यवसायिकरुपमा सञ्चालन गर्दै आउनुभएको ‘ग्रहौंकालिका ब्यवसायिक बाख्रा फर्म’ मा आगलागी हुँदा खोरसहितको भौतिक संरचना, दाना तथा ११ वटा बाख्रा जलेका हुन् ।
आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आएको छैन । भौतिक संरचना लगायत बाख्रा जलेर नष्ट हुँदा झण्डै ४० लाखको क्षति भएको हुनसक्ने अनुमान छ ।

Google search engine

आगलागीको कसरी भएको भन्ने आँफूलाई थाहै नभएको बताउने ढकालको फर्ममा विद्युत शर्ट भई आगलागी भएको हुनसक्ने बुझिएको छ ।
फर्ममा माउ तथा पाठापाठी गरेर ९० बाख्रा रहेकामा ११ वटा जलेर मरेका फर्म सञ्चालक ढकालले बताउनुभयो । विदेशी भूमिमा २० वर्ष रोजगारी गरेर स्वदेश फर्किनुभएका ढकालले ६ वर्ष अघिदेखि फर्म सञ्चालन गर्दै आउनुभएको थियो ।

Google search engine