भीरकोटमा दलित परिवारका लागी कुखुराका चल्ला वितरण

0
102
Google search engine

वालिङ, ७ जेठ ।
भीरकोट नगरपालिकाले दलित परिवारका लागी कुखुराका चल्ला वितरण गरेको छ । समृद्ध भीरकोटको आधार कृषि र पर्यटन आँधीखोलाको उपहार भन्ने नाराका साथ अगाडि बढेको भीरकोटले विपन्न दलित अल्पसंख्यक तथा मुस्लिम उत्थान कार्यक्रम अन्र्तगत उन्नत जातका कुखुराका चल्ला वितरण गरेको हो ।

Google search engine

भीरकोट वडा नं ४ मा चल्ला वितरण कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले दलित तथा अल्पसंख्यक समुदायको आर्थिक उत्थानको लागी कुखुराका चल्ला वितरण गरिएको भन्दै साना साना कुराहरुबाट विस्तारै ठुलो काम गर्न सकिने बताउनुभयो ।


घरमा आवश्यक तरकारी, मासु, अण्डा दुध घरमै उत्पादन गर्न सकिएपनि घरमा पैसा बचत हुने भएकाले कुखुरालाई राम्ररी हुर्काएर थप आय आर्जन गर्न सकिने नगरप्रमुख कर्माचार्यको जोड छ । कार्यक्रममा उपप्रमुख भगवती अर्यालले आयआर्जनमा जोडिनको लागी सानो ठुलो नभनिकन निरन्तर अगाडि बढ्न सकियो भने सफलता प्राप्त गर्न सकिने बताउनुभयो । वडाका ७७ दलित घरपरिवारका लागी प्रति परिवार १० वटाका दरले उन्नत जातका चल्ला वितरण गरिएको छ ।

Google search engine