वालिङ, १० जेठ ।
स्याङ्जामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला महिला।पुरुष बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद र कालीगण्डकी गाउँपालिकाको आयोजना र गण्डकी प्रदेश बुद्धिचाल संघ कास्कीको व्यवस्थापनमा यही जेष्ठ १२ र १३ गते प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता कालीगण्डकी गाउँपालीकामा हुने भएको हो । प्रतियोगिता कालीगण्डकीको स्टिमरमा हुने आयोजकले जनाएको छ ।
विहिबार वालिङमा प्रतियोगिताको तयारीका विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गाँउपालिकाका अध्यक्ष खिम थापाले देशकैै पहिलो जलयातायात स्टिमर सेवाको विषेश महत्व रहेको भन्दै यो महत्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पु¥याउन यो प्रतियोगिता कोशे ढुंगा सावित हुने उहाँको विश्वास छ ।
साथै उहाँले धार्मिक महत्वको कालीगण्डकी र ऐतिहासिक जलयातायात स्टिमर सेवाको संरक्षण तथा संर्वद्धनमा यो प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा गर्नुभयो । प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता कालीगण्डकीमा गर्न पाउनु आँफैमा महत्वपुर्ण रहेको अध्यक्ष थापाले बताउनुभयो ।
कालीगण्डकीमा धार्मिक पर्यटकहरु आईरहने भएपनि पछिल्लो समय शैक्षिक, स्वास्थ्य र खेलका पर्यटकहरु पनि आउने अपेक्षा व्यक्त गर्दै गण्डकी प्रदेशकै दुरदराजमा रहेको पालिकामा प्रतियोगिता हुनु वास्तवमै महत्वको विषय भएको अध्यक्ष थापाले बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले प्रतियोगिता ¥यापिड रेटिङ सिस्टममा खेलाईने बताउँदै प्रतियोगितामा ११ जिल्लाका ४ जनाका दरले र आयोजक कालीगण्डकीका ४ गरी ४८ प्रतियागिले प्रतिस्पर्धा गर्ने बताउनुभयो । प्रतियोगितामा हरेक जिल्लाबाट महिला पुरुष दुईदुई जनाका दरले सहभागिता जनाउनेछन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेले महिला पुरुषतर्फ समान ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा बाहिरी जिल्लाका खेलाडिले यातायातको सुविधा, दैनिक भत्ता प्राप्त गर्नेछन् । त्यस्तै विजेताले देशभरीका प्रदेशस्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन् ।
प्रतियोगितामा प्रतिष्पर्धा गर्ने खेलाडि जिल्लाबाट छनोट भएर आउनेछन् भने कालीगण्डकीमा यसअघि आयोजित अध्यक्ष कपमा गरिएको बद्धिचाल प्रतियोगिताका विजेता उपविजेताले प्रतिष्पर्धा गर्नेछन् । अध्यक्ष कपमा गरिएको बुद्धिचालमा फरक क्षमता भएका विवेक पाण्डे विजेता बनेका थिए । कालीगण्डकीमा पर्यटनको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता गरिएको हो ।
बुद्धिचालमा बुद्धिको अत्याधिक प्रयोग हुने भएकाले यो खेलले बौद्धिक क्षमताको विकास गर्ने, स्मरण शक्तिको विकास गर्ने आयोजकले जनाएका छन् । अल्जाईमर रोगको निवारणलाई समेत यो खेल महत्वपुर्ण रहने जनाईएको छ । प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको ३ लाख र गण्डकी प्रदेश खेलकुद परिषदको ३ लाख गरी ६ लाख खर्च हुनेछ ।