मेलमिलाप कर्ताहरुलाई प्रशिक्षण तथा कालो कोट, व्याच प्रदान

0
85
Google search engine

आरती कुँवर
वालिङ, २४ बैशाख ।
स्याङ्जाको वालिङमा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम गरिएको छ । वालिङ नगरपालिका न्यायिक समितिको आयोजनामा न्यायिक समिति र वडा स्थित एक सय एक मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम सोमबार गरिएको हो ।

Google search engine

कार्यक्रममा बोल्नुुहुदैँ स्याङ्जा जिल्ला न्यायाधिश माननीय वासुदेव पौडेलले मेलमिलापको काम पूण्यको काम भएकाले यस्तो कार्यमा ढिला नगर्न मेलमिलाप कर्ताहरुलाई अनुरोध गर्नुभयो । वालिङ नगरपालिकाले मेलमिलाप कर्ता धेरै संख्यामा उत्पादन गरेको बताउदै उहाँले वालिङ विवाद हुने पालिकामा पर्ने तथा आगामी दिनमा जिल्लामा आउने मुद्दा न्यून हुने विश्वास व्यक्त गर्नुभयो । न्यायिक कार्य सुत्रका आधारमा गर्न नमिल्ने बताउँदै उहाँले मुद्दा कस्तो प्रकृतिको आउँछ त्यहीँ किसिमले निरुपण गर्नुपर्ने बताउनुभयो । साथै उहाँले जुन कार्य गर्दा पनि आलोचनाबाट बच्न नसकिने भएकाले सकरात्मक कामको लागी आलोचनासंग डराउन नहुनेमा जोड दिनुभयो ।

न्यायिक समिति संयोजक एवम् वालिङ नगर उपप्रमुख कविता तिवारी गैहे«ले गतवर्ष पालिकामा भएका न्यायिक गतिविधिसहित कार्यक्रमको जानकारी गराउनु भएको थियो । आर्थिकवर्ष २०८०÷०८१ मा जम्मा ६६ वटा मुद्दा आएको उपप्रमुख गैहे«ले बताउनुभयो । उपप्रमुख गैहे«का अनुसार ३४ वटा मुद्दा नगरपालिकामा र ३२ वटा वडाहरुमा मेलमिलाप कर्ताहरुकाबीचमा आएको थियो ।

यसमध्ये ३ वटा मुद्दा अदालत पठाइएको र बाँकि नगरपालिका तथा मेलमिलापकर्ताहरुबाट निरुपण गरिएको छ । नगरपालिकाका १४ वटै वडामा गरी १ सय १ जना मेलमिलाप कर्ता छन् । सबै मेलमिलापकर्ताहरुलाई कालो कोट तथा व्याच प्रदान गरिएको थियो भने वडा नम्वर ७ का हुमाकान्त रेग्मी र १४ का लुकामाया पाठकलाई उत्कृष्ट कार्य गरे वापत प्रशँसा पत्रले सम्मान गरिएको छ ।

Google search engine