मगर भाषा अक्खालिपि सम्बन्धी प्रशिक्षण सम्पन्न

0
294
Google search engine

वालिङ, २४ वैशाख ।
वालिङमा अक्खालिपि सम्बन्धी प्रशिक्षण वालिङ ८ खेलमैदानमा रहेको मगर समाज भवनमा सम्पन्न भएको छ । नेपाल मगर संघ वालिङको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा १५ दिनसम्म सञ्चालन भएको मगर भाषा अक्खालिपि सम्बन्धी प्रशिक्षण आईतबार सम्पन्न भएको हो । मगर भाषाको तालिम वडास्तरमा लैजाने मगरसंघ वालिङको तयारी छ । यही तयारी अन्र्तगत मगर संघले उक्त तालिमको आयोजना गरेको हो । तालिम लिएका प्रशिक्षार्थी मध्येबाटै वडा स्तरमा प्रशिक्षक छनोट गरी वडा वडामा तालिम विस्तार गर्ने मगर संघ वालिङले जनाएको छ ।

Google search engine

उक्त प्रशिक्षण कार्यक्रमको समापन गर्नुहुदैं वालिङ नगर प्रमुख कृष्ण खांणले नेपाल बहु जाति, भाषा, धर्म, संस्कृतिले भरिपुर्ण देश भएको भन्दै यस्ता जातिय परम्परा, भेषभुषा, भाषा र संस्कृतिको जगेर्नाका लागी राज्यतहबाट ध्यान दिनुपर्ने बताउनुभयो । विविधताले भरिएको देश नेपालको समृद्धिका फरक जातिका फरक संस्कार, संस्कृतिलाई संरक्षण गरेर राख्नुपर्नेमा नगरप्रम्ुख खांणले जोड छ ।


कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले मगर भाषाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न यो तालिमले महत्वपुर्ण योगदान दिएको बताउनुभयो । मगर भाषा, संस्कार, संस्कृतिको जर्गेना गर्न टोल, टोलका मगर समुदाय एकजुट हुनुपर्ने भन्दै मुलुक निर्माण गर्न र संविधान प्राप्त गर्न मगर समुदायको योगदान अतुलनीय रहेको थापाले बताउनुभयो ।


कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम छोटो अवधिको भएपनि निकै उपलब्धीमुलक रहेको बताएका थिए । तालिममा ५० जनाको सहभागिता रहेको थियो भने भाषाविद् पुर्णबहादुर थापा र मगर संघ केन्द्रिय निर्वाचन उपसमिति सदस्य तेजबहादुर आलेले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ सचिवालय संयोजक ल्या. रत्नबहादुर पल्लीले १५ दिने तालिमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने नेपाल मगर संघका जिल्ला उपाध्यक्ष उमेश दर्लामीले तालिमको अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रम नेपाल मगर संघका नगर अध्यक्ष क्या. विश्वप्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष सिता थापा र संचालन सचिव कुलबहादुर थापाले गर्नुभएको थियो ।

Google search engine