उद्दघोषण तथा क्षमता विकास तालिम सम्पन्न

0
95
Google search engine

वालिङ १५ बैसाख ।

Google search engine

चापाकोट नगरपालिका वडा नं. १० मा ३ दिने उद्दघोषण तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । वडा कार्यालयले महिला तथा बालबालिका लक्षित बजेट अन्र्तगतबाट महिलाहरुको क्षमता विकासका लागी यो तालिमको आयोजना गरेको वडा अध्यक्ष रामु कोईरालाले बताउनुभयो । आगामी दिनमा महिला दिदिबहिनीहरुको चाहान अनुसार सिपमुलक तालिमहरु संचालन गर्ने र महिलालाई थप शसक्त बनाउने वडा अध्यक्ष कोईरालाले बताउनुभयो ।
किसान स्थित नेवार समाज भवनमा संचालित तालिमको समापन गर्दै जिल्ला समन्वय समिति सदस्य निर्मला नेपालीले महिला शसक्तिरणका लागी महिलाको आत्मविश्वासलाई बढाउनुपर्ने भन्दै यस्ता तालिमले महिलाहरुलाई अगाडि बढाउन थप सहयोग पुग्ने बताउनुभयो । महिलाहरुलाई आर्थिक, सामाजिक तथा राजनितिक रुपमा सबल बनाउँदै समृद्ध मुलुक निर्माणमा सहभागि बनाउनुपर्नेमा समन्वय सदस्य नेपालीको जोड थियो ।
कार्यक्रममा प्रशिक्षक वालिङ टेलिभिजनका सामाचार प्रमुख गोपाल जिटि, नेवार समाजका अध्यक्ष कमल श्रेष्ठ, सहभागि चिनुमाया श्रेष्ठलगायतले तालिमलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम वडा अध्यक्ष रामु कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सहभागि दुर्गा खनाल र संचालन कार्यपालिका सदस्य शान्ती श्रेष्ठले गर्नुभएको थियो । ३० जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक गोपाल जिटि र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले सहजीकरण गर्नुभएको थियो ।

Google search engine