चापाकोट १० नं वडाद्धारा महिलाको लागी उद्घोषण तथा क्षमता विकास तालिम

0
92
Google search engine

वालिङ, १३ बैशाख ।
स्याङ्जाको चापाकोटमा उद्घोषण तथा क्षमता विकास तालिम सुरु भएको छ । चापाकोटको १० नम्वर वडामा महिला लक्षित कार्यक्रम अन्तर्गत उद्घोषण तथा क्षमता विकास सम्बन्धी तीन दिने तालिम बिहिबारदेखि सुरु गरिएको हो । शनिबारसम्म सञ्चालन हुने कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय स्याङ्जाका सदस्य निर्मला नेपालीले यस्ता तालिमहरुले महिला शसक्तिकरणमा टेवा पुग्ने बताउनुभयो । उहाँले तालिमले महिलाहरुमा बोल्ने क्षमताको विकास गर्ने र व्यक्तित्व विकासमा टेवा पुग्ने भएकाले सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष रामु कोईरालाले महिलाहरुलाई शसक्त बनाउनका लागि बोल्ने कलाको विकास हुनुपर्ने भएकाले वडाले महिला तथा बालबालिका लक्षित शिर्षकमा छुटयाईएको बेजटले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
आगामी दिनमा महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनका सिपमूलक तालिमहरु पनि सञ्चालन गर्दैजाने वडा अध्यक्ष कोईरालाले बताउनुभयो । कार्यक्रमको सञ्चानल कार्यपालिका सदस्य शान्ति श्रेष्ठले र स्वागत चिनुमायाँ श्रेष्ठले गर्नुभएको थियो । ३० जनाको सहभागिता रहेको तालिममा वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले सहजीकरण गर्नुभएको छ ।

Google search engine
Google search engine