गल्याङमा चैत ३० देखि तेस्रो गल्याङ महोत्सव हुने

0
95
oppo_2
Google search engine

तोलाकान्त बगाले
वालिङ, २४ चैत ।
स्याङ्जाको गल्याङमा चैत ३० देखि तेस्रो गल्याङ महोत्सव हुने भएको छ । गल्याङ उद्योग वाणिज्य संघले आज गल्याङमा पत्रकार सम्मेलनको आयोजना गरी तल्लोगल्याङस्थित खेलमैदानमा तेस्रो गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सव हुने जानकारी दिएको हो ।
‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ भन्ने नारासहित सुरु हुने उक्त महोत्सवको जानकारी दिने उद्देश्यसहित आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले गल्याङ महोत्सवलाई अन्य महोत्सवहरुभन्दा पृथक र नयाँ ढाँचाबाट अगाडि बढाउँदा राम्रो हुने सुझाव दिनुभयो ।
उहाँले महोत्सवले राखेका लक्ष्य र उद्देश्यहरु पूरा गर्नकालागि स्याङ्जामा रहेका पत्रकार तथा सञ्चारकर्मीहरुले महत्वकासाथ लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
स्थानीयस्तरमा उत्पादित कृषि तथा हस्तकलाका सामग्रीहरुको ब्यवसायिक प्रवद्र्धन, धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिले प्रचूर संभावना भएका स्थलहरुको प्रचारप्रसार गर्ने, मौलिकरुपमा रहेका कला संस्कृतिहरुको संरक्षण र सम्वद्र्धनमा जोड दिने गरी महोत्सव आयोजना गर्न लागिएको गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (ध्रुब) ले बताउनुभयो ।
“गल्याङ आसपासको क्षेत्र कृषि तथा पशुपंक्षी, पर्यटन, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरुले भरिएको क्षेत्र हो” उहाँले भन्नुभयो, “यहाँका संभावनाहरुको खोजी र पहिचान गरी त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउने उद्देश्य महोत्सवको रहेको छ ।”
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा करिव डेढ करोडको आर्थिक कारोबार र करिव एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकको छ ।

Google search engine
oppo_2

महोत्सव सम्पन्न गर्नकालागि विभिन्न २९ उपसमितिहरु गठन गरी कार्य विभाजनसहित तयारीलाई तिब्रता दिईएको आयोजक गल्याङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष लेखनाथ भट्टराईले बताउनुभयो ।
“चैत ३० गते गल्याङ उद्योग वाणिज्य संघ स्थापना भएको अवसर साथै विद्यालयहरुको परीक्षा सकिएको बेला भएकाले महोत्सवको आयोजना गरेका हौं” संस्थापक अध्यक्ष भट्टराईले भन्नुभयो, “विगतका महोत्सवहरुलाई समीक्षा गर्दै तेस्रो महोत्सवलाई ऐतिहासिकरुपमा लक्ष्यय र उद्देश्य प्राप्त गर्नेगरी सफलतापूर्वक सम्पन्न गर्छौं ।”
महोत्सवमा कूल एकसय ४० स्टल रहने छन् । स्थानीय ब्यापारी ब्यवसायीलाई स्टल भाडामा २५ प्रतिशतसम्म छुट दिने ब्यवस्था मिलाईएको छ । स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुपंक्षीजन्य सामग्रीहरु, हस्तकलाका सामग्रीहरुकालागि २० वटा निशुल्क स्टलको ब्यवस्था गरिएको गल्याङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष यज्ञप्रसाद अर्यालले बताउनुभयो । महोत्सवस्थलमा सुरक्षा ब्यवस्थालाई कडाईकासाथ कार्यान्वयन गरिने संघका सल्लाहकार तथा सुरक्षा ब्यवस्थापन उपसमितिका संयोजक महेन्द्र श्रेष्ठले बताउनुभयो ।
महोत्सव अवधिभर कूल ५४ लाख ९५ हजार आम्दानी हुने र खर्च कटाएर कूल ५ लाख ७५ हजार वचत गर्ने महोत्सव मुल आयोजक समितिका सञ्चार संयोजक विष्णु अधिकारीले बताउनुभयो ।
पहिलो र दोस्रो महोत्सवबाट वचत भएको रकमले गल्याङ बजारको सुरक्षालाई ध्यान दिंदै सिसी क्यामेरा जडान गरिएको थियो । यसपटक वचत भएको रकमबाट संस्थाको भवन निर्माणकालागि जग्गा र सामाजिक कामहरुमा खर्च गरिने भएको हो । महोत्सव वैशाख ९ गतेसम्म सञ्चालन हुने छ ।

Google search engine