पुतलीबजार नगरपालिकाले असिना प्रभावित धान किसानलाई राहत रकम उपलब्ध गराएको छ । असिनापानीबाट धानबालीका क्षति पुगेका किसानलाई नगरपालिकाले राहत उपलब्ध गराएको हो । पुतलीबजार नगरपालिका वडा नं ५ पौगेगौडे र वडा नं ९ का किसानलाई प्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले प्रभावित किसानका वडामै पुगेर हात हातमा राहत वापतको सो रकम प्रदान गर्नु भएको हो ।
पौवेगौडे सुरैदीका ७८ जना र कोल्मा काल्खुका ५४ जना गरी एक सय ३२ जना किसानलाई ४ लाख ८३ हजार रुपैंया प्रदान गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । पुतलीबजार नगर स्तरीय विपद् व्यवस्थापन समिति अन्र्तगतको विपद कोष मार्फत सो रकम उपलब्ध गराइएको हो । विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख रेग्मीका अनुसार वडा नं. ५ का २४६ रोपनी र ९ मा १८७ रोपनी क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ ।
असिनापानीका कारण सुरौदी र काल्खुमा धान बालिमा नस्ट पारेको भन्दै किसानका गुनासा र कृषि प्राबिधिकका अनुगमनपछि राहत उपलब्ध गराइएको उपप्रमुख देवी अर्यालको भनाई छ । यसैबर्षको कात्तिक १८ गते आएको असिना पानीले फुल खेल्दै गरेका सुन्तला, धान र कोदोलाई समेत क्षति पु¥याएको थियो । अहिले भने धान किसानलाई उत्पादनको १० प्रतिशतका दरका आधारमा राहत उपलब्ध गराइएको कृषि प्राबिधिक सहायक सुभाष ढकालले जानकारी दिनुभयो ।