मंगलबारदेखि सेमिफाईनलका खेलहरु हुने

0
155
Google search engine

तोलाकान्त बगाले
वालिङ २८ फागुन ।
स्याङ्जाको वालिङ खेलमैदानमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगितामा मंगलबारदेखि सेमिफाईनलका खेलहरु हुने भएका छन् । स्याङ्जा, रुपन्देही, पाल्पालगायतका जिल्लाका ८ टिमको सहभागितामा गत शुक्रबारदेखि सुरु भएको लिगकम नकआउट चरणका खेलहरु सकिएका छन् ।
विधान स्पोर्टस् हाउस वालिङ, मण्डली स्पोर्टस् क्लब पाल्पा, आँधीखोला पिस युथक्लब बयरघारी र न्यू होराईजन युथक्लब बुटवल सेमिफाईनल प्रवेश गरेका प्रतियोगिताका मुख्य रेफ्री एवं अन्तर्राष्ट्रिय भलिबल रेफ्री विकास गुरुङले जानकारी दिनुभयो ।
दुई समूहमा रहेका क्लबहरुबीच लिगकम नकआउट विधिबाट विधान स्पोर्टस् हाउस वालिङ समूह ए को विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो भने सोही समूहको उपविजेता बन्दै न्यू होराईजन युथक्लब बुटवल सेमिफाईनल प्रवेश गरेको हो । त्यस्तै समूह बिबाट आँधीखोला पिसयुथक्लब बयरघारी बिजेता बन्यो भने उपविजेता मण्डली युथक्लब पाल्पा बन्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।
मंगलबार पहिलो सेमिफाईनल खेल समूह ए को बिजेता विधान स्पोर्टस् हाउस वालिङ र समूह बि को उपविजेता मण्डली युथक्लब पाल्पाबीच मध्यान्ह १२ बजे हुने छ ।
त्यस्तैगरी समूह बि को बिजेता आँधीखोला पिस युथक्लब बयरघारी र समूह ए को उपविजेता न्यू होराईजन युथक्लब बुटवलबीच हुने मुख्य रेफ्री गुरुङले जानकारी दिनुभयो ।
वालिङ भलिबल क्लबले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा फागुन २५ देखि ३० गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो । भलिबल खेललाई दीगोरुपमा विकास र संरक्षण गरी यस क्षेत्रको भलिबल खेल तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमासम्म पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष दीपेन्द्र खाँणले बताउनुभयो ।
स्याङ्जासहित आसपासका जिल्लामा स्थापित पुरुष खेलाडीहरुको स्थायित्व र लुकेर रहेका नयाँ नयाँ खेलाडीहरुको प्रतिभा प्रदर्शन गर्नकालागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजारसहित शिल्ड प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद एक लाखसहित शिल्ड प्राप्त गर्दा तृतीय हुने टिमले नगद ५० हजार र शिल्ड एवम् सान्त्वना हुने टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तैगरी विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गर्ने तयारी क्लबको छ । उत्कृष्ट खेलाडीलाई रु. १० हजार पुरस्कारको ब्यवस्था रहेको छ । त्यस्तै वेष्ट स्पाईकर, वेष्ट सेटर, मिडल ब्लकर, वेष्ट सर्भर, वेष्ट डिफेण्डर र उदयीमान खेलाडीलाई जनही ५ हजार पुरस्कार दिने क्लबका उपाध्यक्ष राजु खड्काले बताउनुभयो ।

Google search engine
Google search engine