कृषकलाई कम्बाईन मिल हस्तान्तरण

0
162
Google search engine

वालिङ, २६ माघ ।
नवजागरण संस्था वालिङले कृषकलाई प्रोत्साहन गर्नका लागि कम्बाईन मिल हस्तान्तरण गरेको छ । संस्थाका सदस्यहरुको गत आर्थिक वर्षमा सदस्यता शुल्क बापतको रकमबाट वालिङ १४ तमादीका उदयराज अर्याललाई कम्बाईन मिल हसन्तरण गरिएको संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले जानकारी दिनुभयो ।
अर्याल एक नितान्त कृषक भएको र यो मिलले उहाँको कृषि कर्मलाई थप सहजता प्रदान गरोस् भन्ने हेतूले सदस्यता शुल्क जम्मा गरेर कम्बाईन मिल हस्तान्तरण गरिएको अध्यक्ष खनालले बताउनुभयो । नवजागरण संस्थाले यसअघि पनि आयआर्जनमा टेवा पुगोस् भनेर आर्थिक अवस्था कमजोर भएकाहरुलाई बंगुर तथा बाख्राका माउ र पाठापाठी वितरण गरेको थियो । संस्थाले विभिन्न सामाजिक सेवाका काम समेत गर्दै आईरहेको छ ।

Google search engine
Google search engine