वालिङ महोत्सवमा दर्शकको चाप बढ्दै

0
148
Google search engine

वालिङ, २६ माघ ।
हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजत आठौँ वालिङ महोत्सवको आठौँ दिन पनि उल्लेख्य दर्शकले अवलोकन गरेका छन् । महोत्सवको उद्दघाटनदेखि नै हरेक दिन उत्साहजनक दर्शकको सहभागिता रहेको आयोजकले जनाएका छन् । निकै लामो छलफल, विवाद र चर्चाका बीच आयोजना गरिएको आठौँ वालिङ महोत्सवमा दर्शकको निकै आकर्षण बढेको महोत्सव आयोजक मुल समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा प्रदर्शन गरिएको स्थानीय उत्पादन, दैनिक विभिन्न प्रतियोगितात्मक कार्यक्रम, चर्चित कलाकारको प्रस्तुति, बाल उद्यानलगायतमा दर्शकको निकै उत्साह रहेको संयोजक श्रेष्ठले बताउनुभयो । २०६३ सालदेखि संघले हरेक दुई वर्षको अन्तरमा आयोजना गर्दै आएको वालिङ महोत्सव यसपटक भने कोभिडका कारण ५ वर्षको अन्तरालमा सञ्चालन गरिएको हो । धेरै वर्षको अन्तरालमा गरिएकाले पनि हरेक दिन दर्शकहरुको सहभागिता उत्साहजनक नै रहेको देखिएको छ ।

Google search engine

महोत्सवको आठौँैँ दिन रमेश राज भट्टराई, पूर्णकला विसी, चोलेन्द्र पौडेल, गोपाल जिटी, सीता परियार, इन्द्रा गुरुङको प्रस्तुति रहेको थियो भने पुर्खे बाको हाँस्यव्यंग्य प्रस्तुति रहेको थियो । नृत्यकार श्रृष्टी विकको प्रस्तुतिले आकर्षण थपेको थियो । २०५४ सालमा स्थापना भएको वालिङ उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको हो ।
यस्तै शुक्रबार चर्चित हांस्य कलाकार धुर्मुस सुन्तली, गायक बद्री पंगेनी, रामजी पौडेल, तुल्सी जिसी, सरस्वती लामिछाने, बालकृष्ण वाग्लेको प्रस्तुति रहनेछ भने सुगम संगीतमा एन्जिला रेग्मी, नृत्यकार अस्मिता रणपाल, रोशन बिसीको प्रस्तुति रहनेछ ।
प्रादेशिक, कृषि, पर्यटन, सांस्कृतिक एवम् औद्योगिक व्यापार मेला २०८० समग्र वालिङकै महा उत्सवकारुपमा लिइएको महोत्सव हो । महोत्सवका अवसरमा विभिन्न व्यापारिक प्रयोजन एवम् प्रदर्शनीका लागि करिव ४ सय स्टलहरु रहेका छन् । कृषिजन्य उत्पादन, हस्तकला सामग्री, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी एवम् फेन्सी आइटमका स्टलहरु महोत्सवमा राखिएका छन् ।

Google search engine